कसरी हुँदैछ कोरोना महामारीबिच ‘विश्व एड्स कन्फरेन्स’?


विश्वभरि एचआईभीको संक्रमण भय अनि यस विरुद्धको एैक्यवद्धताको घोषणार्थ सन् १९८५ बाट अमेरिकाको एटलान्टाबाट बायोमेडिकल अनि एपीडोमीकल ज्ञानहरु बाँड्नका लागि विश्व एड्स कन्फरेन्स शुरु भएको थियो । ओखतीहरुको बिकास, रोकथामका सामाजिक प्रविधीहरु, टेस्ट अनि भेदभावका विरुद्ध विश्व समूदायहरु एकत्रित हुने यस कन्फरेन्स हरेक दुई वर्षमा आयोजना गरिन्छ । यस वर्षको कन्फरेन्स अमेरिकामा हुँदैछ ।

यसअघिको कन्फरेन्स पश्चिम यूरोपको नेदरल्याण्ड एमस्टरड्याम्समा भएको थियो, २५ हजार भन्दा धेरै सहभागीहरु समावेश भएको ३ दिनको राई स्टेडियमका कार्यक्रमहरु अत्यन्त रोचक अनि जानकारीमुलक थिए । सौभाग्यवश कन्फरेन्सको लगभग ४ दिन अघि नै म नेदरल्याण्ड्सको एमस्टरड्याम्स पुगिसकेको थिँए, म विश्व एड्स कन्फरेन्सको निम्तोमा प्रिकन्फरेन्सका डेलीगेटका हैसियतले स्थानिय रेडियो अनि डिजीटल कन्टेन्टको एचआइभी विरुद्धको भेदभाव हुने भूमिका विषयमा आफ्ना अनुभव बाँड्न, सामाजिक इन्टरभेन्सनमा आधारित केहि वहसहरुमा भाग लिन र डच राष्ट्रिय रेडियोमा एउटा अन्तर्वार्ता स्लटका लागि बोलाइएको थियो ।

विगतका दशकबाट नेपालमा रेडियो र डिजीटल कन्टेन्ट लगायतका प्रयोगमार्फन एचआइभी भेदभाव न्यूनीकरणका लागि अनि विश्वको सर्वाधिक ठूलो एड्स परियोजनामध्य इण्डोनेशीया सुमात्रा टापुको हाकाबिपी एड्स परियोजनाको बाह्य मुल्याकङ्नकर्ताका रुपमा मेरो सहभागीता र नेतृत्व अनुभवहरु मलाई साट्नका लागि बोलाइएको थियो । एम्सरड्याम्स शहरमा संसारकै सर्वाधिक धेरै पुलहरु बाँधिएका छन्, एम्स्टर खोलाको बाँधमा भएको शहरमा भएका १५ सयभन्दा बढि पुलहरुलाई बिम्ब प्रयोग गरेर त्यस वर्षको नारा नै बिल्डीगं द ब्रिज अर्थात सेतु बाँध्ने भन्ने नारा थियो ।

नयाँ एआरभीमा सिडिफोर काउण्ट गरिनु पर्ने बाध्यता हुन्न, नेपालीहरुले पनि त्यस्ता ओखती कहिले पाउने हुन् ? गत वर्ष पनि एउटा कन्फरेन्समा मैले बिकासोन्मुख देशका डेलीगेटका तर्फबाट यो आवाज उठाँए, भारत अनि एल साल्भाडोरका साथीले मलाई साथ दिए, आखिर ओखती र सुविधा देशको क्रयशक्तिमा भर पर्ने कुरा रहेछ, मैले बोलेँ, उनीहरुले सुने अनि ताली बज्यो र सकियो ।

२०१८ को कन्फरेन्स पछि २०२० को अमेरिकामा हुने या क्यानडामा भन्ने विवाद थियो, अमेरिकी राष्ट्रपति ट्रम्पको समलिङ्गी प्रतिका भनाईहरु र नीतिहरुलाई समलिङ्गी अधिकारका पैरवी गर्नेहरुले आआफ्ना सेसनहरुमा खुलेरै बिरोध गरेका थिए । अन्तत सन् २०२० को कन्फरेन्स अमेरिकामा नै हुने भयो तर कोरोना त्रासका कारण सबै कुराहरु भर्चुअल गरिएको छ । वक्ताहरु घरबाटै बोल्दछन्, सहजकर्ताहरु घरबाटै भिडियोमा आएका छन्, अनि सहभागीहरु घरघरबाटै प्रश्न सोध्दछन् ।

प्रस्तुतीः सुयोग ढकाल

म पनि लकडाउन पछि मेरो जन्मघर महोत्तरी आएको छु, जन्मथलोबाट नै भान्साछेउ बसेर मेरो भागको सेसनलाई सम्वोधन गरेँ, यस वर्षको विश्व एड्स कन्फरेन्स फरक माहोलमा गुज्रिरेहेको छ । सन् २०१८ मा ओखती कम्पनीहरु अनि एआरभी मार्केटिङका लागि कन्फरेन्सका स्टल अनि सेसनहरु पैरवी गरिरहेका थिए, सन् २०२० मा पनि यस्तै छ ।

यस वर्ष बिमा कम्पनीहरुको एड्स कन्फरेन्समा विशेष सहभागीता छ, एड्स केयरलाई बिमा भित्र समावेश गर्ने यिनीहरुको पैरवी उधुमै देखिएको छ ।

विश्वका सुप्रसिद्ध मेडिकल शोधकर्ता, सामाजिक शोधकर्ताहरु यस वर्ष पनि भेला भएका छन्, ग्लोवल भिलेजमा यसवर्ष पनि रोमाञ्चक प्रदर्शनीहरु छन् । म भर्चुअल्ली हरेक कुनाकाप्चा छिर्दछु, कुरा गर्दछु । पुराना साथीहरु भेट भएका छन्, च्याटमा, कसैसँग मैले इण्डोनेशीयामा काम गरेको छु, कसैलाई थाइल्याण्डमा भेटेको छु, कसैलाई सन् २०१८ मा एमस्टरड्याममा भेटेको छु, कोरोनाले अमेरिका जाने अवसर तुहियो भन्दा पनि जन्मघरमा बसेरै सर्वत्र हेर्न देख्न पाइएकोमा खुशी छु ।

यसवर्ष एआरभी खाएका महिलाहरुमा हुने अनिच्छित गर्भाधारण विषयमा पनि निकै कुराहरु भइरहेको पाइन्छ, उता तेश्रो लिङ्गीका अधिकार पैरवीका कुराहरु पनि पाइन्छ । एआरभीका नयाँ नयाँ मेडिकल संस्करणका कुराहरु पनि ओखती कम्पनीले उत्तिकै पैरवी गरिरहेका छन, बिकसित देशका एचआइभी संक्रमीत भन्दा बिकासोन्मुख देशका संक्रमीतहरुले कम गुणस्तर अनि प्रभवका एआरभी खाइरहेको स्पष्ट छ, नेपालमा सरकारको असक्षमता र उदासिनता स्पष्ट छ, ग्लोवल फण्डको साथमा नेपाल सरकारले प्रारम्भिक क्रममा बिकास गरिएको एआरभी बितरण गरिरहेको छ, उपयूक्त सिडिफोर काउण्ट संयन्त्र छैन । नयाँ एआरभीमा सिडिफोर काउण्ट गरिनु पर्ने बाध्यता हुन्न, नेपालीहरुले पनि त्यस्ता ओखती कहिले पाउने हुन् ? गत वर्ष पनि एउटा कन्फरेन्समा मैले बिकासोन्मुख देशका डेलीगेटका तर्फबाट यो आवाज उठाँए, भारत अनि एल साल्भाडोरका साथीले मलाई साथ दिए, आखिर ओखती र सुविधा देशको क्रयशक्तिमा भर पर्ने कुरा रहेछ, मैले बोलेँ, उनीहरुले सुने अनि ताली बज्यो र सकियो ।

अर्घाखाँचीमा एचआइभी संक्रमीतहरुको समूदायस्तरमा नै सञ्चालन गरिएको सर्वोत्तम पीठोको उधोग स्थापनार्थ मेरो सहभागीता अनि भूमिका थियो, यस्ता सामुहीक उधोगहरु स्थापना गर्दा महिला उत्थान र आर्थिक समुन्नतीमा ठूलो भूमिका रहन्छ तर फेरि यी उधोगहरुको स्वानिमत्व, नाफा बाँढ्ने प्रावधानले झगडा र बैमनस्यता पनि उतिकै हुन्छ । यस विषयमा सन् २०१८ मा म एकजना डच कानुनबिज्ञ संग उन्को स्टलमा केहि घण्टा बसेको पनि हुँ, स्वामित्व हस्तान्तरण र स्थापना देशहरुको आआफ्नै काुननमा भर पर्ने निष्कर्ष थियो । अर्को वर्ष फेरि म झोला बोकेर आँउछु भनेंर निस्किँए, मेरो त्यस वर्ष हात भाँचिएको थियो, सन् २०२० मा आँउदा भाँचेको हात निको भएर आउनु भनि त्यसले मलाई अङ्गालो हाल्यो, मैले हुन्छ भनें ।

यो पल्ट काुननी बिज्ञहरुको स्टल देखिन, यसवर्ष त स्क्रिनबाटै झोला बोकेर सबैजना कन्फरेन्समा भर्चुअल टुर गरिबसेका छन्, अगांलो मार्न र हात मिलाउन प्रतिबन्ध छ ।
अझै एक दिन बाँकी छ, यस कन्फरेन्सको ।

विश्वमा एड्स विरुद्धको शून्य भेदभाव कायम गरिनु पर्दछ, हामी सबैको एैक्यवद्धता कायम होस् ।


Loading comments...