इरानको मुद्रा ‘डेन्जरजोन’मा


इरानको मुद्रा अमेरिकी डलरको तुलनामा न्यूनतम बिन्दुमा पुगेको छ, स्थिती यति खराब भयो कि एक डलर बराबर २ लाख १५ हजार रियाल भएको छ । इरानको मुद्रा इरानी रियाल हो । जुन महिनामा १९०००० रियालको मुल्य एक डलर बराबर थियो, अहिले त्यो झनै खस्केको हो । सन् २०१८ मा अमेरिकाले सन् २०१५ को परमाणु सम्झौता बिपरित अघि बढेको भनी आफ्ना अन्य ६ सुपरपावरको साथ लिएर इरानलाई आर्थिक नाकाबन्दी लगाएपछि इरानी रियालको मूल्य खस्कन थाल्यो, अहिले न्यूनतम बिन्दुमा आएको छ ।

इरानी केन्द्रिय बैंकलाई अब चटारो परेको छ, मिलियन डलरहरु बजारमा इन्जेक्ट गर्नु सिवाय अब इरानी बैंकसँग बिकल्प नभएको बताइन्छ । ग्लोबलाइजेशनको सकारात्मक र नकारात्मक दुबै पक्षका रुपमा डलरसंगको सापेक्षिक मुद्रा मुल्यांकनलाई मानिन्छ, इरानलाई आफ्नो अर्थतन्त्र जोगाउन अहिले हम्मे हम्मे परेको छ ।
सेन्ट्रल बैंकका गभरनर अव्दुलनसर हेमातीले इरानका आर्थिक स्थाहित्वका कदमहरु सदैव सोचेर अनि दिर्घकालिन अनि सन्तुलित रहने बताएका छन्, आजका मितिमा पनि इरान आफ्ना निकटतम देशहरुका सर्वाधिक ठूलो दाता, भेनेजुएलाको सबैभन्दा ठूलो तेल आफूर्ति गर्ने देश, चीनको हिमायती ब्यापारीक दौंतरीका रुपमा परिचित छ ।

सरकारले नागरीकहरुलाई हतारमा सामान किन्ने, अताल्लीने नगर्न र अनि डलर सटहीमा न अल्झिन उर्दी जारी गरेको छ ।


Loading comments...