तपाईँलाई थाहा छ, यमनमा बालबालिकाहरुको अवस्था कस्तो छ?


६ वर्षको द्वन्द्वका क्रममा यमनको सामाजिक आर्थिक अनि राजनैतिक धरातल जर्जर भएको छ, यमनका भोका बालबालिकाको ब्यथा आज लाइभमाण्डुमा लिएर आएका छौं । विश्वभरिका अनेकन पत्रिका र मिडियाहरुमा कहिल्यै हेडलाइनमा नआएका इरानका बालबालिकाको भोकको एउटा कारुणीक कथा प्रस्तुत छः

अरबीयन पेनीन्सुलाको गरिब देशहरु मध्ये एक देश हो, यमन । संयूक्त राष्ट्रसंघले यस बखतको यमनको क्राइसिसलाई अहिलेसम्मको विश्वकै सर्वाधिक ह्यूम्यानीटेरियन क्राइसिस (मानवीय संकट)का रुपमा ब्याख्या गरेको छ । सन् २०१८ को जुलाई ८ बाट शुरु भएको सुखी, सम्पन्न र विकासको गतीमा रहेको यमनको द्वन्द्वको आज ६ वर्ष पुरा भएको छ, यमन बिद्रोहले यमनलाई सयौं वर्ष पछाडि धकेलेको छ ।

बिद्रोहीहरुले राजधानीलाई नै नियन्त्रणमा लिए, यसरी नियन्त्रणमा लिइनु सहज थिएन । अत्यन्त धेरै मृतक अनि घाइतेहरुको रत्ताम्य शरीर अनि लाशहरुमाथि यमनको बिद्रोहले स्वरुप पायो, साना शहरको दक्षिणमा रहेको अर्मान शहरबाट इरानले समर्थन गरेको हाउथी बिद्रोहीहरुले यमनमा वर्चस्व कायम गर्दै गरे, अनि साथमा बढ्दै गयो त्यहाँको मृतक, बिस्थापित अनि घाइतेहरुको सँख्या ।

मशिरा शकिर इरानी बालिका हुन्, आँखा खोल्न समेत नसिकने अवस्थाकि यिनकी आमा मारिएकी छिन्, हजुरआमाले पानी मिसाएर दुधलाई सिरिन्जका माध्यमले यिनलाई काखमा राखेर खुवाउन खोज्दा यि बालिका खान सक्ने अवस्थामा छैनन । लामो समयको भोक अनि कमजोरीले यिनलाई गालेको हो, यिनको जीवन शुरु नहुँदै अन्त्यको संघारमा छ ।

ग्राफ स्रोतः युनिसेफ

राजधानी शहरको एउटा अस्पतालमा मशिरा जस्ता कुपोषित बालबालिकाहरुलाई राखिएको छ, राजधानी सानाको अल साबिन अस्पतालमा ३ महिनाकी मशिराजस्ता सयौं बालबालिकाहरुलाई राखिएको छ, सबै कुपोषित छन्, अधिकांशले खाना पचाउन र मुख खोल्न नै सक्ने अवस्थामा छैनन । यमनको आउँदो पुस्ता आजबाटै कुपोषण र भोकसँग लडिरहेको छ, बिद्रोहले यमनलाई इन्कलाव त दियो पनि होला तर यमनका सर्वसाधरणले के पाए ?

३ महिनाकी मशिरा २ दशमलव ४ केजी कि छिन्, यिनका हातगोडा राम्ररी बिकास भएका छैनन, अस्पतालको शिशु बेडमा मशिरा कपडाभित्र छिन या छैनन पनि थाहा हुन्न, यिनकी हजुरआमाले एएफपीलाई बताएकी छिन् ।

हामीलाई मेडिकल चेक, दुध र खाना चाहिएको हो, अस्पतालमा नपाइए बाहिरबाट खानेकुराहरु आफैले किनेर ल्याउनुपर्दछ, यिनकी हजुरआमाले बताइन । यूनिसेफको जुनको प्रतिवेदन हेर्दा पनि यमनमा दशौं लाख बालबालिकाहरु भोक र कुपोषणसँग जुधिरहेका देखिएका छन् । ३३ लाख यमनीहरु बिस्थापित भएर अन्य देशमा क्याम्पमा बसिरहेका छन्, त्यहाँ झाडापखाला र अन्य रोगले मर्ने यमनी नागरीकको सूची त कसैले बिचार सम्म पनि गर्न पाएको छैन, हरेक दिन सयौं चिहानहरु खनिन्छ अनि पुरिन्छन् ।

सन् २०१५ को मार्चमा छिमेकी देश साउदी अरबले यमनको बिद्रोहमा हात हालेपछि त्यहाँको स्थिती झनै खराब भएर गयो, साउदीले हाउथी बिरोधमा सरकारी दस्तालाई समर्थन गर्यो । हाउथीहरुलाई इरानले समर्थन गर्दछ, जनरल सोलेमानीको हत्यापछि हाउथीहरुको अवस्था कमजोर भएको बताइन्छ, सरकारी दस्ताहरुलाई रियादले मिसाइल, बन्दुक, आधूनिक हतियार पठाएपछि यमनमा झनै विशाल आन्दोलन र प्रतिकार भयो, आखिरमा मारिने यमनीहरु नै थिए । यमनका शहरहरु अहिले लाशहरुका शहर भएका छन्, बालबालिकाहरु भोकसँग जुधिरहेका छन् । अधिकांशका आमाबुवा छैनन, हजुरआमा र हजुरबुवाहरुले हुर्काइरहेका छन्, यमन अहिले अत्यन्त दुख्ख र पीडामा गुज्रिरहेको छ । यमन शक्तिराष्ट्रहरुको खेलमैदानका रुपमा अबका दशकहरुमा पनि द्वन्द्व र मृत्यूहरुमा नै रुमल्लीने डर छ । जुलाई ८ मा द्वन्द्वको ७ वर्ष पुरा गरेको यमनलाई नेपालबाट माया र सदभाव, द्वन्द्व कदापी समाधान हुनै सक्दैन ।

तस्वीरहरु स्रोतः युनिसेफ


Loading comments...