
‘सुरमा भोपाली’ भारतीय सिनेमाका उम्दा कमेडियन जगदीपको निधन
२५ असार २०७७, बिहीबार १६:०१
जगदीपले वलिउडका सिनेमाहरुमा निर्वाह गरेका यादगार भूमिकाहरुले दशकौंसम्मद दर्शकहरुलाई हसाँए, एउटा अविस्मरणीय पात्र दिएर गए, घरघरमा यिनको नक्कल गरियो, ति पात्रहरु त कहिल्यै मर्ने छैनन तर पात्रका अभिनयकर्ता जगदीपले भने ८१ वर्षको उमेरमा धर्ति छाडेका छन् ।
मजगाँउ मुस्तफा बजार मुम्बईको बव्रस्थानमा यिनको आज दाहसंस्कार गरिने भएको छ । यिनको वास्तविक नाम शेद इस्तियाख अहमद जाफ्री हो, आफ्नो करियरमा यिनले ४०० भन्दा धेरै चलचित्रहरुमा अभिनय गरे, आफ्नो वहुप्रतिभाशाली अभिनयकला अनि अमिट कमिक टाइमिगंका लागी जगदीप सदा सर्वदा संझनामा आउनेछन् ।
सन् १९७५ को रमेश शीप्पीको शोले चलचित्रको यिनको सुरमा भोपालीको अदाकारिता अत्यन्त यादगार मध्य पर्दछ । सन् १९५१ मा चलचित्र अफ्सानाबाट जगदीपले वलिउडमा पाइला टेके, यसै चलचित्रबाट निर्देशक बिआर चोप्राले पनि डेव्यू गरेका थिए । मुम्बईका गल्लीहरुमा जगदीपको प्रदर्शन देखेर प्रभावित निर्देशकले ७ वर्षका जगदीपलाई चलचित्रमा लिएका थिए, जगदीपको परिवारको व्यथा भनें अति गरिब रु पीडादायि परिवेशको थियो । यिनको पीताको यिनी सानै हुँदा निधन भएको थियो । जावेद जाफ्री, नावेद जाफ्री जगदीपका छोराहरु हुन्, यिनीहरु पनि अभिनयमा नै छन् । जगदीपका नाती मिजन जाफ्रीले पनि सन् २०१९ को मलाल चलचित्रबाट अभिनय यात्रा शुरु गरेका छन् ।
जगदीपसँग पहिलो चलचित्र गरेका जोनी लिभरले ट्वीट गर्दै जगदीपसँगको ए रिश्ता ना टुटे चलचित्र छायांकनताकाका कुराहरु अनि श्रद्धासुमन अभिव्यक्त गरेका छन् ।
My first film & the first time I ever faced the camera, was in the film #yehrishtanatoote with the legend himself #Jagdeep bhai. We will miss you…May his soul rest in peace ?? Our prayers & deepest condolences to the family. pic.twitter.com/uhBjYSZdVe
— Johny Lever (@iamjohnylever) July 8, 2020
उता गीतकार जावेद अख्तरले जगदीपको वाल्यकालको अभिनय रहेको दो विघा जमिन चलचित्रको यादसँगै श्रद्धासुमन दिएका हुन् ।
Jagdeep saheb had first appeared on the screen as a winsome child Artiste in films like Do bigha Zameen . As a young man he played highly emotional n dramatic roles in films like Bhabi , patang . Comedy was his second successful inning . Great talent , underused . Good bye sir .
— Javed Akhtar (@Javedakhtarjadu) July 9, 2020
शोले, पुराना मन्दिर, अन्दाज अपना अपना, भावी, फुल और काँटे जस्ता यिनका धेरै चलचित्रहरुले दर्शकलाई हसाँएका अनि रुवाएका छन् । जगदीपलाई परमेश्वरले आफूमा समाहित गरुन्, नेपालबाट श्रद्धासुमन!
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो
जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ। मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं
तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले