
भारतका कुख्यात अपराधी, मस्ट वान्टेड बिकास दुबे पक्राउ
२५ असार २०७७, बिहीबार १६:३२
गत शुक्रवार डिएसपी सहित जना प्रहरीको निर्मम हत्या गरेर फरार अपराधी बिकास दुबे पछिल्ला समयमा भारतका मस्ट वान्टेड अपराधी सूचीमा थिए । ६० भन्दा बढि हत्याका किटानी जाहेरीको कसुर खेपेका यिनलाई सयौं अपहरण, फिरौती असुली, फौजदारी अपराधका कसुरहरु लागेका छन् ।
गत शुक्रवार उत्तर प्रदेशको कानपुरमा ८ जना प्रहरीहरुलाई एम्वुशमा पारि जघन्य हत्या गरेका यिनी त्यसपश्चात फरार थिए, आज बिहानै यिनका दुई सहयोगीलाई प्रहरीले मुठभेडमा मारेर यिनलाई जिवितै पक्राउ गरेको हो । यिनलाई मध्य प्रदेशको उज्जेनवाट पक्राउ गरिएको प्रहरीले बताएको छ, यिनका दुई सहयोगीलाई चाँही मगंलवार नै प्रहरीले दिल्ली भन्दा एक घण्टा पर हरयाणाको फरिदावादवाट पक्राउ गरेको हो । यिनका प्रमुख सहयोगी मानिने प्रभातलाई प्रहरीले समातेर लाने क्रममा प्रहरीको हतियार खोसेर भाग्ने प्रयासका समयमा प्रहरीले जवाफी कारवाहीमा मारेको हो ।
लखनउ भन्दा २२० किमी पर इतावा भन्ने ठाँउमा आज बिहानै बिकासका अर्को सहयोगी बोवा दुबेलाई प्रहरीले मारेको हो । यिनको टाउकोको मल्य भारतीय प्रहरीले ५० हजार भारु राखेको थियो ।
बोवालाई आफ्ना सहयोगीका साथ सुजुकी डिजायर कार लुटेर भाग्दै गर्दा प्रहरीले पिछा गरेको र जवाफी कारवाहीमा मारेको बताएको छ । गत हप्ता कानपुरको चौवेपुर क्षेत्रमा हत्या आरोपमा बिकास दुबेलाई पक्राउ गर्न ५० जना प्रहरीको टोली गएको थियो, यसमध्य डिएसपी सहित ८ जनालाई भने बिकासले एम्वुशमा पारि हत्या गरेको थिए । यो खबरले सम्पूर्ण भारत नै त्रासमा थियो भने बिकास भागेर नेपाल छिरेका भन्ने अड्कलवाजी पनि निकै सुनिएका थिए । सुपुर्दगी सन्धीको नेपाली पक्षमा रहेको तठस्तताको फाइदा यस्ता अपराधीहरुले निकै उठाउँदै आएका छन्, चार्ल्स शोभराज विश्वभर जघन्य अपराध गरेर नेपाली कारागारमा रहिरहेका छन् र यस्तै बिकास दुबे पनि नेपाल त छिरेरनन भन्ने अडकलबाजीलाई यिनी पक्राउ परेको समाचारसँगै नेपालको आसपास पनि थिएनन भन्ने कुरा सावित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो