पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाण्डौ, २६ अषाढ, २०७७ । नेपाल आयल निगमले प्रेस वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी दिएको छ । नेपाल आयल निगमले यो महिनामा मूल्यवृद्धि गरेको यो दोश्रो पटक हो । ताजा मूल्यवृद्धि साता अघि मात्रै गरेको थियो । आज निगमले जारी गरेको ताजा मूल्यवृद्धि अनुसार पेट्रोल, डिजेल तथा मट्टितेल प्रतिलिटर १ रुपैयाँले महँगो भएको छ ।

अषाढ महिनामा भएको पेट्रोलियम पदार्थको यस मूल्यवृद्धिले पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल ३ रुपैयाँले वृद्धि भएको छ ।

ताजा मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य १०२ रुपैयाँ, डिजेल तथा मट्टितेल खरिद गर्न ८८ रुपैयाँ खर्च गर्नुपर्नेछ । अर्कोतर्फ हवाई इन्धन र LP ग्याँसको मूल्य यथावतै राखिएको छ ।


Loading comments...