Lifestyle Portal
  •   २ जेष्ठ २०७८, आईतवार

इस्लामावादमा निर्माण हुने भनिएको भगवान श्रीकृष्णको मन्दिर निर्माणमा रोक

२७ असार २०७७, शनिबार २१:५८

नेपाल विश्व हिन्दु महासंघले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक श्रीकृष्णको मन्दिर हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ । महासंघले वीरगञ्जमा एक विराेध र्‍याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे छ। महासंघले र्‍यालीपछि काेण सभा गर्दै इमरानकाे पुत्ला समेत दहन गरेकाे छ ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले आपत्ति जनाएकाे हाे । महासंघका
उपाध्यक्ष विजय प्रकाश निषादकाे नेतृत्वकाे निकाएकाे विराेध र्‍यालीमा ब्यापक सहभागिता रहेकाे थियाे ।

उपाध्यक्ष निषादले भने, ‘पाकिस्तानमा अल्पसंख्यक हिन्दु समूदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ ।’

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू)ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो ।

इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समूदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र

काठमाडौं। आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना

दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २