बदलिएको बैंकिङः फेसबुक र भाइबर च्याट गरेर ५ मिनटमा बैंक खाता खोल्न सकिने


नेपालका बैकिङ सेवाग्राहीहरुले अब केवल ५ मिनेटमा आफ्नो घरबाटै म्यासेन्जरमा या भाइबरमा च्याट गरेर नै बैंकमा खाता खोल्न सक्नेछन्, कोभिड १९ महामारीको यो विषम परिस्थितीमा एनएमबी बैंकले नेपालमै पहिलो पटक यो सेवा केहि महिना अघि नै शुरु गरेको हो ।

एनएमबि बैंकले भाइवर र मेसेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैकिङ कारोवारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप, खाने पानी, बिजुली, विद्यालय शुल्क र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ ।

प्रस्तुतीः सुयोग ढकाल

मेरा लागि चाँही यो नेपाली बैंकिङ क्षेत्रको डिजिटलाइजेशनका लागि एउटा यूगान्तकारी परिवर्तन र रुपान्तरण हो, यस्ले गर्दा हरेक ग्राहकले घर भित्रै बसेर, आफ्नो अनुकुलमा बैंकिङ कारोवार गर्न सक्नेछन् ।

पुरानो दिन सम्झिन्छु, बैंक अकाउण्ट खोल्न आधा दिन नै बितेका अनुभव पनि मैले संगालेको छु । नागरिकता, फोटो बोकेर लाइनमा बसेर अनि हस्ताक्षर र ल्याप्चेको बुढी औंलामा लागेको कालो रंगसँगै बैंक बाहिर निस्कँदा खाता खुलेको उत्सुकता भन्दा बढि त पर्खाइको थकाई र खेर गएको समयको बिस्मात मात्र थियो ।

बिराटनगरकी शुशीला आचार्यलाई एउटा कारोवारका लागि अलग्गै बैंक खाता खोल्नपर्ने भयो तर कोरोना त्रासमा बैंकमा जाने, लाइन बस्ने र खाता खोल्ने कुराहरु प्रार्थमिक्तामा पर्ने कुरै भएन । शुशीलाजस्ता अन्य धेरै जनालाई परम्परागत बैंकिगं प्रणालीले घरैबसेर खाता खोल्न सक्ने सुविधाहरु दिन सकेको छैन, दिर्घरोगीहरुका हकमा त झन कोरोना त्रासमा बाहिर निस्कन झनै जोखिमपूर्ण कुरा हो । अन्तत आफ्ना सबै कागजातहरु बुझाएर एनएमबी बैंकमा शुशीलाले आफ्नो खाता खोल्नुभयो, घरै बसेर अनि पहिलो कारोवारमा उत्प्रेरणा स्परुप बैंकले दिएको क्याश ब्याक डिस्काउन्टले अनलाइन बैंकिगंतर्फ अझै धेरै आकर्षण शुशीला लगायत नेपालभरिका एनएमबी बैंकका सबै कारोवारीलाई पुगेको छ ।

यस कोरोना महामारीमा भौतिक दुरि कायम गर्दै भीडभाडको जोखिम बिचार गर्दा यसरी लाइन बसेर बैंकको खाता खोल्ने मात्र हैन कि अन्य जुनसुकै कुराहरु यसरी भौतिक रुपमा गएर भन्दा पनि डिजिटल्ली गरिनुपर्ने आवश्यकता छ । सन् २०२० मा बैंकिंग फिलोशपी अन्य वर्षहरु भन्दा केहि फरक हुनेवाला छ, कोभिड १९ को महामारी, लकडाउन अनि भौतिक दुरी कायम गर्ने आवश्यकता बिच अबको बैंकिङ्ग थप श्रृजनात्मक अनि ग्राहकमैत्री हुन जरुरी छ , हैन र ?

Better Bankers create better Banks बैंकिङ्ग क्षेत्रमा यो भनाई निकै चर्चित छ, राम्रा बैंकरहरुले राम्रो बैंकको सृजना गर्दछन् ।

कुरा राम्रो बैंकको हुँदैछ तसर्थ आज म राम्रो बैंकको कुरा निकाल्दैछु, एनएमबी बैंकको बेवसाइटमा भएको समृद्धि च्याटबोट या एनएमबी बैंकको फेसबुक र भाइबरको म्यासेजमा केवल ५ मिनेट गरेको कुराकानीको आधारमा र पठाइएको जानकारी र विवरणको आधारमा सहजै खाता खोल्न सकिन्छ । अब घरमा बसि बसि च्याट गरैकै भरमा खाता (मुद्धति निक्षेप खोल्ने) र खाता नविकरण पनि म्यासेन्जर र भाइबरबाटै गर्न सकिने सुविधा रहेको छ । स्मार्ट सेभिङ र स्मार्ट फिक्सड डिपोजिटका रुपमा बैंकले यि सुविधाहरु उपलव्ध गराएको हो ।

च्याटमा भएको मुख्य मेनुमा गएर खाता खोल्ने अप्शनमा क्लीक गरि सहजै त्यहाँ मागिएको जानकारी प्रदान गरेर सुरक्षित तवरले खाता खोल्न सकिनेरहेछ । मेरा लागि चाँही यो नेपाली बैंकिङ क्षेत्रको डिजिटलाइजेशनका लागि एउटा यूगान्तकारी परिवर्तन र रुपान्तरण हो, यस्ले गर्दा हरेक ग्राहकले घर भित्रै बसेर, आफ्नो अनुकुलमा बैंकिङ कारोवार गर्न सक्नेछन् । सेवाग्राहीको आवश्यकता अनुसार, उनीहरुको माग अनुसार सेवाप्रदान गर्न सक्ने बैंकको प्रभावकारिता गज्जब हुन्छ, आखिरमा तपाँई हामीजस्ता सेवाग्राहीका लागि बैंकिङ एउटा अनुभव न हो, यस अनुभवको सहजता र उत्कृष्टता दुबै हाम्रा लागि महत्वपूर्ण हुन्छ । यसका साथै एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन कारोवारमा प्रोत्साहन गर्न एनएमबिको भाइवर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता योजना ल्याएको हो ।

यस योजना अन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहक वर्गको लागी सावधानी पूर्वक मोबाइल बैंकिङ्ग सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने कार्यलाई प्राथमिकता राख्दै घरमै बसी ढुक्कसंग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ बैंक उन्मुख भएको छ । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्‍याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली बैंकिङ्गको यो नयाँ यूगमा घरमै बसि बसि खाता खोल्ने, नविकरण गर्ने, विविद्य बिलहरु भुक्तानी गर्ने, बिमाको प्रिमियम सम्म तिर्न मिल्ने सुविधाहरु एनएमबी बैंकले उपलव्ध गराएको छ, एनएमबी बैंकका सेवाग्राहीको हकमा बैकिंग कारोवारका लागि नै भनेंर बाहिर निस्कन पर्ने र भींडभाडमा जानुपर्ने संभावना चाँही लगभग न्यून भएको छ ।

अबको बैंकले अंक भन्दा व्यक्ति र उनीहरुको बैंकिङ्ग अनुभवलाई ध्यान दिनुपर्ने प्रष्ट छ, घरमै बसौं सुरक्षित रहौं ।


Loading comments...