Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

करारबाटै भ्रष्टाचारको तयारी! कार्यालय सहयोगी अख्तियारको फन्दामा

२९ असार २०७७, सोमबार २०:१५

लोकप्रिय

मिति २०७७।०३।२९ गते । घरेलु तथा साना उद्योग कार्यालय कलैया, बारामा करारमा कार्यालय सहयोगी पदमा कार्यरत खेमराज चौधरीले घुस लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निज उपर आरोप-पत्र दायर भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, कलैया, बाराका कार्यालय सहयोगी (करार) खेमराज चौधरीले होटेल संचालन लागि अनुमति पत्र बनाई दिनका लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिगएको टोलीले निज खेमराज चौधरीलाई रु.१०,००० (दस हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा घरेलु तथा साना उद्योग कार्यालय कलैया, बारामा करारमा कार्यालय सहयोगी पदमा कार्यरत खेमराज चौधरीले होटल संचालन गर्न संचालन अनुमतिपत्र उपलब्ध गराई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत रु. १०,०००।– (दश हजार) माग गरी लिएको तथ्य पुष्टि हुन आएको देखिंदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसरको कसुर भएकोले निज खेमराज चौधरीलाई बिगो रु. १०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को दपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई