Lifestyle Portal
  •   १४ माघ २०७९, शनिबार

१४ वर्ष अघिको सितापाइला हत्याकाण्डका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

२९ असार २०७७, सोमबार २३:४१

लोकप्रिय

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिका-४ सितापाइलास्थित कान्तिपुर मिलका संचालक मोरङ डाँगीहाट गाविस-८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस-१ गयरटोल ठेगाना भएका ३४ वर्षीय जेकि भन्ने जय किशोर साहलाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी उक्त मिलका संचालक नातीकाजी र सानु सुबेदीको २०६३ पुस २० गते हत्या गरी फरार रहेका साहलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।

उक्त मिलका संचालकले साहलाई काम बिगारेकोमा गाली गरेको बिषयलाई लिएर त्यसको बदला लिन नातीकाजी, उनकै श्रीमती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएका थिए । साथै जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली भारतको लखनऊमा बस्दै आएका साहलाई अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी पक्राउ गर्न सफल भएको उक्त व्यूरोले जनाएको छ । उक्त घटनामा संलग्न अर्का अभियुक्त प्रताप राना समेतको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई