चार दिनदेखि बेपत्ता युवकको शव खोलामा डुबेको अवस्थामा फेला पर्यो


पोखरा, २९ असार । वर्षा बढेसँगै स्थानीय नदी खोलाहरुमा पानीको बढाव र गति पनि बढेका छन् । यस्तोमा खुल्ला नदी खोलाहरुलाई अवमूल्यन गर्दा हरेक वर्ष मानवीय क्षती भोग्नुपरेको छ । गत साता शुक्रबार अपरान्ह पोखराको हर्पन खोलामा पौडी खेल्न गएका ४ साथीहरु मध्ये पोखरा महानगरपालिका वडा नं. २७ का २१ वर्षीय प्रयुश गुरुङ घर नफर्किएपछि उनको सोधीखोजी शुरु भएको थियो ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङलाई स्थानीयले समेत खोजी कार्यमा सहयोग गरेका थिए । बेपत्ता गुरुङको शव आज बिहान भेटिएको हो ।


Loading comments...