
घुसखोरीको आरोपित डिल्लीबजारका प्रमुख मालपोत अधिकृत (उपसचिव) लगायत ७ जना अख्तियारको फन्दामा
३० असार २०७७, मंगलवार २२:२७
मिति २०७७/०३/३० । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारीसहित ७ जनाउपर बिगो रु. ८,५०,०००।– कायम गरी घुस लिई भ्रष्टाचार गरेको कसुरमा आरोप-पत्र दायर गरिएको छ ।
भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. क्रमश: उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई सेवाग्राहीबाट रु. ८,५०,०००।– (आठ लाख पचास हजार) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको थियो ।
अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारी, शाखा अधिकृत रघुवंश कंडेल, ना.सु. नवराज घिमिरे, गोपाल खड्का, उद्धव प्रसाद सापकोटा, नारायण प्रसाद पोखरेल र खरिदार दिपक खनालले एक आपसमा मिलेमतो गरी सेवाग्राहीको काठमाडौं टोखामा रहेको र बैना गरेका बिभिन्न कित्ता जग्गाहरुको प्लट मिलान गरी कित्ताकाट गर्न नापी कार्यालयलाई आदेश दिने प्रयोजनका लागि रु. ८,५०,०००।– घुस/रिसवत माग गरी नियमानुसार गर्नुपर्ने काममा सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस रकम दिन बाध्यपारी लिएको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निजहरुले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निजहरुलाई जनही बिगो रु. ८,५०,०००।– कायम गरी निजहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई