समुदाय चहार्ने तयारीमा कोरोना र लापरवाह हामी


संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा नेपालमा पनि लकडाउन भएको ११० दिनभन्दा बढी भइसकेको छ तर संक्रमितको सङ्ख्या घट्नुको साटो उल्टै दिन दुई गुणा रात चार गुणाका दरले बढ्दै गइरहेको छ । नेपालका ७७ वटै जिल्लामा कोरोना सङ्क्रमितहरु भेटिएका छन् भने काठमाण्डौ उपत्यका पनि कोरोनाबाट अछुतो रहन सकेन । काठमाण्डौ उपत्यकाको ३५ स्थानमा कारोना संक्रमितहरु भेटिएका छन् । उपत्यकाभित्रै कोरोना भाइरस समुदायमा फैलिसकेको छ । हाल उपत्यकाभित्र देखिएका संक्रमितहरुलाई हेर्दा यो कुरा पुष्टि हुन्छ कि उपत्यकामा भेटिएका प्राय सबै संक्रमितहरु विदेशबाट आएको नभई उपत्यकाका स्थानीय बासिन्दाहरु नै छन् ।

लेखकः सगुन कायस्थ

हामी आफै सतर्क बन्नुको अर्को विकल्प छैन । कोरोनाले सानो ठुलो धनी गरिब भन्दैन । यसले कसैलाईल पनि चिन्दैन । हाम्रै वरपर पनि स्वस्थ देखिने मानिस पनि कोरोनाबाट संक्रमित छैन भन्न सकिने अवस्था छैन । यसका लागि हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । आज फलानोलाई कोरोना लाग्यो रे ! भोलि फलानो ठाउँमा कोरोना देखियो रे भनेर डर र त्रासमा बस्नुभन्दा समय छँदै सजक बनौ सकेसम्म घरबाट बिना काम घरबाट बाहिर नहिँडौ ।

हिजोआज बजारतिर हेर्ने हो भने लकडाउन भएको हो र? भनेर सोच्नुपर्ने अवस्था छ । मानिसहरु पुनः आफ्नो नियमित दैनिकीमा फर्किन थालिसकेका छन्, त्यो पनि बिना कुनै सावधानी । समय बित्दै जाँदा मानिसहरुमा कोरोनाको त्रास पनि घट्दै गएको हामी देख्न सक्छौँ तर यो नै हाम्रो ठुलो कमजोरी हुन गई भयावह स्थिति निम्तन सक्छ भन्ने कुरामा कसैले ध्यान दिएको पाइँदैन ।

घरबाट निस्किसकेपछिको अवस्था हाम्रो लागि अहिले असुरक्षित त छ नै, गहिरिएर हेर्ने हो भने उपत्यकाभित्रका हस्पिटलरु पनि सुरक्षित छैनन् । हाल हस्पिटलहरु नै कोरोना सार्ने माध्यम बन्दैछन् । गएको हप्ता मध्य बानेश्वरका एक व्यक्ति सामान्य चेकजाँचका लागि सिभिल हस्पिटल गए । त्यहाँ बिरामीको अवस्थालाई हरी नजिकैको के। एम। सि हस्पिटल जान सल्लाह दिएपछि बिरामी के।एम। सि हस्पिटल पुगे उक्त बिरामीको अवस्थालाई हेरी हस्पिटलबाट डाइलिसेस गर्नुपर्ने सल्लाह दिएपछि बिरामी आफैले हस्पिटलमा भर्ना हुन नमानी र घर फर्किए । त्यसको दुई तीन दिनपछि राति बिरामीलाई सास फेर्न गाह्रो भएपछि आफन्तहरुले नजिकैको एक निजी हस्पिटलको इमरजेन्सीमा पुर्र्याएर इमर्जेन्सीमा पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भएकोले उक्त हस्पिटलले बिरामीलाई तुरुन्तै भेन्टिलेटरमा राखी डाइलोसेस गर्न सुरु गर्र्यो र उक्त बिरामी मध्य बानेश्वरको स्थानीय बासिन्दा भएको कारण बिरामीको गम्भीर अवस्थमलाई मध्यनजर गर्दै RDT परीक्षणको भरमा बिरामीको उपचार सुरु गरे । RDT परीक्षणको रिपोट पनि नेगेटिभ आएको थियोे तर दुई तीन दिनपछि बिरामीको स्वास्थ्यमा एक्कासि गिरावट आउन थालेपछि PCR परिक्षणका लागि पठाइयो । दुई दिनपछि PCR रिपोर्ट पोजेटिभ आयो । त्यसपछि हस्पिटलमा तनाबको वातावरण सिर्जना भयो र उक्त हस्पिटलले त्यस बिरामीलाई पाटन हस्पिटलको कोरोना ICU मा पुर्र्यायो । हाल उक्त बिरामीको पाटन हस्पिटलमा उपचार हुँदैछ ।

उपत्यकामा रहेका अस्पतालहरु सुरक्षित छैनन् भन्ने कुरा यो घटनाचक्रले पनि प्रमाणित गर्छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता घटना अहिले अधिकांश ठाउँमा घटिरहेका छन् । लकडाउन भएदेखि घरबाट बाहिर ननिस्केका उक्त व्यक्ति कोरोनाको सिकार कसरी भए ? एक्कासि सन्चो नभएर सिभिल हस्पिटल पुगेको त्यसपछि के.एम.सि र अर्को प्राइभेट हस्पिटल । प्राइभेट हस्पिटल पुगेको दिन RDT परीक्षण गर्दा नेगेटिभ र उपचार सुरु भएको पाँचौँ दिनमा PCR रिपोर्ट पोजेटिभ । यसमा कुनै दुईमत छैन उक्त व्यक्तिलाई कोरोना हस्पिटलबाटै सरेको हो भन्ने कुरामा । निजी हस्पिटल पुगेको दिन RDT परीक्षण गर्दा नेगेटिभ र उपचार सुरु भएको पाँचौँ दिनमा PCR रिपोर्ट पोजेटिभ । हाल जनमानसमा RDT र PCR परीक्षणको सन्दर्भमा अन्यौल हुने गरेको छ । कुनै पनि व्यक्तिको परीक्षणको क्रममा RDT पाजेटिभ आयो भने कोरोना संक्रमित भएको र RDT नेगेटिभ आयो भने कोरोना संक्रमित नभएको लाग्ने गर्दछ अधिकांश मानिसहरुलाई तर परीक्षणका क्रममा RDT पोजेटिभ आउँदैमा कोरोना संक्रमित नहुन सक्छ र RDT परीक्षणमा नेगेटिभ आउँदैमा कोरोना सङ्क्रमण छैन भन्ने अवस्था हुँदैन । यो कुरा सबैले बुझ्नु जरुरी छ ।

निजी हस्पिटलले सङ्क्रमित बिरामीलाई पाटन हस्पिटल पुर्र्याएको भोलिपल्ट उक्त हस्पिटलका केही नन मेडिकल स्टाफहरुमा गरिएको PCR परीक्षण पोजेटिभ आयो तर उक्त परीक्षण रिफर गरिएको बिरामी प्राइभेट हस्पिटलमा आउनुभन्दा पहिले नै गरिएको थियो । यो घटनालाई विश्लेषण गरिसकेपछि अब भन्नुहोस के कोरोना समुदायमा फैलिएको छैन त उपत्यकामा औ साँच्चै नै कोरोना हाम्रो समुदायमा फैलिसकेको छ । यसमा दुईमत स्वास्थ्य मन्त्रालयको बाहेक अरुको नहोला । त्यसैले हामी आफै सतर्क बन्नुको अर्को विकल्प छैन । कोरोनाले सानो ठुलो धनी गरिब भन्दैन । यसले कसैलाईल पनि चिन्दैन । हाम्रै वरपर पनि स्वस्थ देखिने मानिस पनि कोरोनाबाट संक्रमित छैन भन्न सकिने अवस्था छैन । यसका लागि हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । आज फलानोलाई कोरोना लाग्यो रे ! भोलि फलानो ठाउँमा कोरोना देखियो रे भनेर डर र त्रासमा बस्नुभन्दा समय छँदै सजक बनौ सकेसम्म घरबाट बिना काम घरबाट बाहिर नहिँडौ । दैनिक कामकाजमा जाँदा पनि आवश्यक सावधानी अपनाऔँ । सामाजिक दुरी कायम गरौँ । आफू स्वस्थ बनौ र अरुलाई पनि स्वस्थ रहन मद्दत गरौँ ।


Loading comments...