
ट्रम्प प्रशासनले अनलाइनमार्फत अध्ययन गर्ने विदेशी विद्यार्थीलाई घर पठाउने योजना रद्द गर्यो
जुन महिनाको अन्त्यतिर ट्रम्प प्रशासनले अमेरिकी होमल्याण्ड सेक्यूरिटीको इमिग्रेशन एण्ड कस्टम इनफोर्समेन्ट (आइसीई) निकायमार्फत विश्वविधालय नखुलेर अनलाइन कक्षाहरुमा भरपर्नुपर्ने स्थितिलाई ध्यान दिंदै स्टुडेन्ट एक्सचेन्जमा आएका विद्यार्थीहरुका लागि नयाँ इमिग्रेशन नियमहरु ल्याएको थियो । यस नियम अनुसार अमेरिकी विश्वविधालयका कक्षाहरु पूर्ण अनलाइन गर्नुपर्ने अवस्था आएको खण्डमा आप्रवासी विद्यार्थीहरुले देश छाड्नुपर्ने सम्भावना बढेको थियो । अब यो सम्भावना टरेसँगै आप्रवासी विद्यार्थीहरुमा खुशीयाली छाएको छ ।
डिपार्टमेन्ट अफ स्टेटले अमेरिकामा पूर्ण रुपमा अनलाइन कोर्समा सञ्चालन भइरहेका कार्यक्रमहरुमा विद्यार्थीहरुलाई समावेश गर्नका लागि भिसा नदिने र विद्यार्थीहरुलाई आ-आफ्नै देशमा बसेर अध्यन गर्न प्रोत्साहन गरिने अभिप्रायले नयाँ इमिग्रेशन नियम जारी गरेको थियो ।
कोरोना संक्रमणको मारबिच एकाएक आएको ट्रम्प प्रशासनद्वारा जारी त्यस इमिग्रेशन नियमका कारण खस्किन सक्ने विद्यार्थीको मनोबल तथा भविश्यलाई मध्यनजर गर्दै ‘हार्भर्ड विश्वविद्यालय’ तथा ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी’ले उक्त योजनाका विरूद्ध सरकारमाथि मुद्दा हालेका थिए ।
सरकारविरुद्ध मुद्दा हाल्ने दुवै विश्वविद्यालयले सरकारको त्यस्तो निर्देशनलाई ‘एकपक्षीय, स्वेच्छाचारी तथा अधिकार दुरूपयोग’ भएको आरोप लगाएका थिए । जसमा अमेरिकाको अन्य राज्यहरुमा रहेका दर्जनौँ विश्वविद्यालयहरूले त्यस मुद्दाका पक्षमा उनीहरूलाई समर्थन गरेका थिए।
अनलाइन शिक्षा ग्रहण गर्ने विद्यार्थीहरु आर्थिक तथा मानसिक मारमा पर्ने यस नियममा साथ दिने म्यासाचुसेट्स र क्यालिफोर्निया सहितका १८ राज्यका महान्यायाधिवक्ताविरूद्ध समेत मुद्दा हालिएको थियो । तर रमाइलो कुरो के भने अदालती कारवाही प्रारम्भ हुनुअगावै संघिय न्यायाधीशले आप्रवासी विद्यार्थी जो अनलाइन कक्षामा निर्भर थिए उनीहरुको पक्षमा यथास्थिती कायम गर्न सम्बन्धित पक्षहरू सहमत भएको जनाएका थिए ।
एक साता अघि जारी गरिएको त्यस योजनामा आप्रवासी विद्यार्थीहरू आउँदो शरद ऋतुमा अनलाइन कक्षामा सामेल नहुने भए अमेरिकामा बस्न नपाउने प्रावधान रहेको थियो ।
अमेरिकाको अद्यागमन र भन्सार सम्बन्धी निकाय “अमेरिकी होमल्याण्ड सेक्यूरिटीको इमिग्रेशन एण्ड कस्टम इनफोर्समेन्ट” (आइसीई)ले त्यतिखेर मानिसहरू यदि स्वेच्छिक रूपमा आफ्नो देश नफर्किएमा अमेरिकाबाट निकालासम्म गरिनसक्ने जनाएको थियो । उक्त योजना अन्तर्गत मार्चमा एउटा सत्र सकिएर विदामा आफ्नो देश गएकालाई अनलाइन कक्षाहरू भए अमेरिका फर्कन नदिइने भनिएको थियो ।
सम्बन्धित समाचार
अमेरिकी विश्वविधालयका कक्षाहरु अनलाइन भएमा आप्रवासी विद्यार्थीहरुले देश छाड्नुपर्ने सम्भावना