नगरप्रमुखका छोरा तथा छोराका साथी ५ लाख घुस सहित अख्तियारद्वारा नियन्त्रणमा


सिरहा, २०७७/०३/३१ । कल्याणपुर नगरपालिका, सिरहाका नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त कुमार मण्डल र निजका छोराको साथी जितेन्द्र महतो रू. ५ लाख घुससहित नियन्त्रणमा ।

कल्याणपुर नगरपालिका, सिरहाका नगरप्रमुख सूर्यनाथ मण्डलले D.P.R. गर्ने कार्य सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरि उक्त रकम निज आफ्नो छोरालाई लिन पठाएको छ भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले निजको छोरा सन्त कुमार मण्डललाई रू. १ लाख र सँगै आएका निजका छोराको साथी जितेन्द्र महतोलाई रू. ४ लाख गरी जम्मा रू. ५ लाख घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित दुबै जनालाई लहान नगरपालिका वडा नं. २२ स्थित रादेजवी चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...