Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

नेपाल पर्यटन बोर्ड पाटा ‘ड्रीम ट्राभल फेस्टिवल’मा सहभागी

१ श्रावण २०७७, बिहीबार ०९:३३


नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)द्वारा आयोजित अन्तराष्ट्रिय कार्यक्रम ड्रीम टु ट्राभल फेस्टिवलमा उपलब्धीमूलक सहभागिता जनाएको छ । चार हप्तासम्म चल्ने यो एक अनलाइन इभेन्ट हो जसले विश्वव्यापी यात्रा व्यवसायहरूलाई एउटौ सन्जाल मा जोड्दछ, र यी चुनौतीपूर्ण समयमा यात्राको लागि तयारी गराउँछ । भिजिट नेपाल कार्यक्रम अन्तर्गत उक्त उत्सवमा बोर्डले नेपाललाई कोविड १९ पछिको समयमा शरीर, दिमाग र आत्माको पुनरुत्थान र स्वास्थ्यको लागि पर्यटन गन्तव्यको रूपमा प्रदर्शन गर्यो । भिजिट नेपाल कार्यक्रम जुलाई ६–१० सम्म जारी रह्यो।

कार्यक्रमको पहिलो दिनमा बोर्ड प्रबन्धक बिमल कँडेलले नेपाल गन्तव्यको बारेमा एक प्रस्तुती दिनुभयो । सोही दिन प्रत्यक्ष अनुभव सत्रमा बोर्डले मोमो बनाउने प्रत्यक्ष प्रस्तुती दियो, जहाँ एक मास्टर शेफले मम पकाउने बिधी प्रदर्शन गरे। मम नेपालको धेरै लोकप्रिय खानामध्ये एक हो।

जुलाई ७ मा माननीय संस्कृति, पर्यटन र नागरिक उड्डयन लागि मन्त्री योगेश भट्टराईले प्रत्यक्ष बीबीसी न्यूज फायरसाडमा सहभागी हुनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, र नेपाल सरकार, बोर्ड तथा एस समूह होटेलका अन्य अधिकारीहरूले नेपाललाई अध्यात्मिक केन्द्रका रुपमा छलफल र प्रस्तूति गरेका थिए।

पाटा ड्रीम टु ट्राभलको नलेज सेसन मा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले आध्यात्मिक पर्यटन सम्बन्धी प्रस्तुति दिनुभयो । प्रस्तुतिले नयाँ समयमा नेपाल केवल भ्रमण गर्ने ठाउँ वा कुनै नियमित पर्यटन गन्तव्य मात्र नभएर पुर्नताजगी र आध्यात्मिक उपचार गर्ने ठाउँ पनि हो भन्ने कुरामा जोड दिनुभयो ।

भिजिट नेपाल कार्यक्रमको अन्तिम दिनमा संस्कृति अभियन्ता अनिल चित्रकारले बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा आयोजित प्रत्यक्ष कार्यक्रममा सहभागी हुनुभयो ।

लुम्बिनी पूर्वाधार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, र मास्टर प्लानको बारेमा वर्णन गर्दै चित्रकारले लुम्बिनी भगवान बुद्धको जन्मस्थलको रूपमा भ्रमण गर्ने ठाउँ मात्र नभएर आफैं चिन्न सघाउने गन्तब्य भएको प्रकाश पार्नुभयो ।

ड्रीम टु ट्राभल फेस्टिवल, डिजिटल अनुभवकोसम्भावनाहरू मार्फत गन्तब्य र यात्रालाई एकजुट गर्ने भर्चुअल इभेन्ट हो, जुन ४ साता सम्म चली जुलाई १७ मा समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो