साउदी अरबमा ‘एकल महिला’लाई बैधानिकता दिइयो


साउदी अरबलाई अल्ट्रा कन्जरभेटि देशका रुपमा चिनिन्छ, राजपरिवारको प्रत्यक्ष शासनपद्धतिमा रहेको यस देशमा यसअघि एकल महिला जो श्रीमान बिना नै एक्लै बस्दथे, उनीहरुलाई कानुनी रुपमा बैधानिकता दिइएको थिएन ।

भर्खरै साउदीको एउटा अदालतले एउटा मुद्दाको सुनुवाइमा यस नजिर स्थापना गरेको हो, आफ्ना परिवारलाई जानकारी नदिइकन रियाद हिँडेकी एक महिलाउपरको मुद्दामा अदालतले उनै महिलाको पक्षमा फैसला गर्दै महिलाहरुलाई परिवार र श्रीमान बाहेक पनि आफ्नो निर्णय लिन र यात्रा गर्न अनि बस्न छुट दिएको हो ।

साउदी ग्याजेट पत्रिकाका अनुसार उक्त मुद्दामा न्यायधिशले प्रतिवादीलाई सजाय दिन नहुने बताँउदै एक समझदार साउदी महिलालाई अलग घरमा बस्न पाउने अधिकार रहेको भनी मुद्दालाई नै खारेज गरिदिएका हुन् ।

अदालतले आफ्नो फैसलामा छुट्टै घरमा प्रतिवादीको स्वतन्त्रतालाई कुनै सजाय चाहिने खाले आपराधिक अपराध ठहरिने छैन भनी उल्लेख गरेको साउदी डेली पत्रिकाले स्पष्ट लेखेको छ ।

साउदीको गार्जेनशिप कानुनका अनुसार त्यहाँका पुरुषले आफ्नो घरका महिला सदस्यहरु जीवनका हरेक पक्षहरु पूर्ण रुपमा नियन्त्रण गर्न पाउँदछन् । साउदीमा अहिलेपनि प्रशासनीक कामका लागि महिलाहरुले पुरुष सदस्यको अनुमती र सिफारिस लिनुपर्ने र आफ्नो जीवनका हरेक दैनिकी पाटोहरु आफ्ना परिवारका पुरुष सदस्यलाई जानकारी गराउनु पर्ने नियम छ । भर्खरै साउदीले आफ्ना महिला नागरीकलाई २१ वर्ष कटेको हकमा परिवारका पुरुष सदस्यको सिफरिश लिएर विदेश जान सक्ने प्रावधान ल्याएको थियो ।

साउदी क्रमश लैगिंक समानताको तर्फ उन्मुख भइरहेको छ, नेपालबाट शुभकामना!


Loading comments...