Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा पक्राउ

२ श्रावण २०७७, शुक्रबार ००:०४

काठमाडौं, २०७७ साउन १ । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो ।

धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

काठमाण्डौ । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन्

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल