बेलबारीको नहरमा भेटियो अनौठा माछा, संरक्षविदबाट जानकारी लिने स्थानीयको चाहना


निरज खवास, २०७७/०४/०२ । मोरङको बेलबारी ६, बनौलस्थित नहरमा अनौठो प्रकारको माछा भेटिएको भन्दै स्थानिय बासिन्दा अचम्मित बनेका छन् । सुनसरी मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको बिचपैनीमा बुधबार त्यस्ता २ वटा माछा फेला परेका छन् ।

स्थानिय ज्येष्ठ नागरिकहरु, माछा किसान तथा यसको व्यवसायमा संलग्नहरुले समेत विगतमा यस्तो माछा नदेखेको बताएपछि त्यहाँका बासिन्दाले माछालाई जिवितै सुरक्षित राखेका छन् । फेला परेका माछाका विषयमा जीवशास्त्री वा संरक्षणविदहरुलाई अवलोकन गराएर जाकारी लिन चाहेको स्थानीय टेकनाथ शर्माले जानकारी दिनुभएको छ ।

अहिलेलाई ती माछा बेतना सिमसारमा बुझाउने र प्रांणीशास्त्रीहरुबाट त्यसको प्रजाती,विशेषता लगायतबारे पनि जान्ने प्रयास गरिरहेको शर्माले बताउनुभएको छ । अध्ययनका क्रममा यो क्याटफिस प्रजातिकै ‘प्लेको’ (वैज्ञानिक नामः Hypostomus plecostomus) जातको माछा हुनसक्ने देखिन्छ । तर यसको बास्तविकता बुझ्ने स्थानियको चाहना रहेको पनि शर्माले बताउनुभएको छ ।

यो प्रजाति मूख्य रुपमा उत्तरपूर्वी दक्षिण अमेरिकाको उष्णकटिबंधीय क्षेत्रमा भेटिन्छ । यो स्वाभाविक रूपमा उत्तरपूर्वी ब्राजिल, गुयनास, र त्रिनिदाद र टोबगोमा देखा पर्दछ। यी प्रजातिका माछाहरु एक्वेरियम व्यवसायीहरुले समेत बिक्रि गर्ने गरेका छन्, जुन सजिलै अधिकांश एक्वेरियम हाउसमा भेटिन सक्छ । कुनै माध्यमबाट खुल्ला पानीको स्रोतमा मिसिएको समेत हुनसक्छ ।


Loading comments...