‘डिस्कभरी च्यानल’को वृतचित्रमा बिल गेट्सले भने- भारत पूरा संसारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सक्षम छ


माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले भन्छन्, “भारतसँग यति क्षमता छ की उसले विश्वका लागि कोविड-१९ को भ्याक्सिन बनाएर त्यसलाई संसारभर सप्लाई गर्नसक्छ ।” पछिल्लो १० वर्षको अवधिमा भारतले औषधी उद्योग र औषधी विज्ञानमा गरेको प्रगति आज यस्तो अवस्थामा छ की उसले आफ्नो देशका लागि मात्र नभई संसारका जुनसुकै देशका लागि उत्पादन तथा वितरणको क्षमता राख्दछ ।

बिल गेट्स भन्छन्, “भारतीय औषधी उद्योग (Indian Pharmaceutical Industry)ले भारतमा कोरोना संक्रमीतका लागि औषधोपचार त गर्न सक्छ नै यस बाहेक पुरै विश्वमा रहेका संक्रमीतहरुका लागि समेत कोरोना भाइरसको खोप (Covid-19 Vaccine) को सप्लाई गर्न सक्छ । भारतमा कोरोना भाइरसको खोपका लागि धेरै प्रयास सहितका महत्वपूर्ण कामहरु भएका छन् । केवल खोप बनाउनतर्फ मात्र नभएर कोरोनासँग सम्बन्धित हरेक अनुसन्धानहरुमा समेत भारतीय वैज्ञानिक तथा औषधी उत्पादक कम्पनीहरुले विश्वलाई धेरै सहयोग गरेका छन् ।”

डिस्कभरी प्लस च्यानलको डक्यूमेन्ट्री ‘कोविड-१९: इण्डियाज वार अगेन्स्ट द भाइरस’ (COVID-19: India’s War Against The Virus) मा भारतले कोभिड-१९ लाई निस्तेज गर्न गरेको प्रयासलाई सराहना गरेका छन् । जसमा गेट्सले, “भारतले बढी जनसंख्याका कारण तथा शहरको बाक्लो जनघनत्वका भएका कारण कोरोनासँगको लडाईमा समस्या भोगीरहेको छ ।”

डिस्कभरी प्लस च्यानलको डक्यूमेन्ट्री ‘कोविड-१९: इण्डियाज वार अगेन्स्ट द भाइरस’ (COVID-19: India’s War Against The Virus) को मा भारतीय चर्चित कलाकार मनोज बाजपेयीको आवाजमा (Narration) तयार पारिएको छ ।

उनी अगाडी थप्छन्, “भारतीय औषधी उद्योग अन्य अवस्थामा संसारको कुनै पनि देशहरुको तुलनामा बढी खोपहरु बनाउने तथा संसारभर सप्लाई पनि गर्दै आएको छ ।”

सीरम इन्स्टिच्यूट भारतको सबैभन्दा ठूलो औषधि उत्पादक तथा सोध केन्द्र हो । त्यस बाहेक बायो ई, भारत बायोटेक जस्ता कैंयन औषधी कम्पनीहरु छन् जुन कोरोना भाइरसको खोप उत्पादन जस्तो महत्वपूर्ण कार्यमा अहिले केन्द्रित छन् । केवल कोरोना भाइरस मात्र हैन यी कम्पनीहरुले हरेक किसिमका रोगको उपचार खोज्ने कार्यमा अध्ययन अनुसन्धान गरिरहेका हुन्छन् ।

भारत कोलिशन फर एपिडेमिक प्रीपेअर्डनेस इनोवेन्शस (CEPI) समूहको सदस्य हो । जसको सहयोगमा संसारका कैयन ठूला कम्पनीहरुसँग सहकार्य गरी कोरोना भाइरस विरुद्धको खोपमाथी अध्ययन-सोध, डेवलम्पेन्ट तथा उत्पादन-सप्लाई गर्न सक्नेछ ।

 


Loading comments...