
बिकासशील मुलुकहरूलाई सहयोग गर्ने भारतको प्रतिबद्धता
३ श्रावण २०७७, शनिबार ०९:५२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद सत्र (ECOSOC) मा भारतले बिकासशील मुलुकलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बहुपक्षीयता मार्फत् दिगो शान्तिको लक्ष्य प्राप्त गर्नसकिने बताए ।
उक्त अधिवेशनमा नर्वेका प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस उपस्थित थिए ।
Speaking at the High-Level Segment of ECOSOC. https://t.co/BYh60MU7Ku
— Narendra Modi (@narendramodi) July 17, 2020
‘बहुपक्षीयता’ भन्ने विषयमा उनले गरेको १५ मिनेटको सम्बोधनमा मोदीले भारत सरकारले कोविड-१९ सँग लड्न र समावेशी विकास सुनिश्चित गर्न भारतमा चालिएको विभिन्न पहलहरूबारे प्रकाश पार्दै अन्य विकासशील देशहरुलाई दिगो विकासको लक्ष्य (एसडीजी) प्राप्त गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
“आवश्यकताको साथीको रुपमा” क्षेत्रको पहिलो उत्तरदाता भएकोमा भारत गौरवान्वित रहेको उनले बताए । भूकम्पको समयमा होस् वा कुनै प्राकृतिक वा मानव निर्मित संकट, भारतले पूर्ण ऐक्यवद्धताका साथ संकटसङग जुझ्न अन्य मुलुकहरूलाई सहयोग गरेको प्रधानमन्त्री मोदीले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल