वाराणसी प्रकरणको वास्तवीकता: मुण्डन हुने व्यक्ति भारतीय, जो १ हजार भारुमा बनेका थिए नेपाली


वाराणसीस्थीत एक नेपालीको केश मुण्डन भन्ने प्रकरणमा भारत, यूपीका डिजीपि (DGP) एचसी अवस्थी कडा रुपमा प्रस्तुत भएका छन् । उनले वाराणसीका सीनियर प्रशासनिक अफिसरलाई जाँचका लागि आदेश दिएका छन् ।

उत्तर प्रदेशको वाराणसी (Varanasi) मा नेपाली नागरिकलाई जबरजस्ती मुण्डन गरेको घटनामा शनिबार नयाँ जानकारी अगाडी आएको छ । वाराणसीका एसएसपी (SSP) अमित पाठकको अनुसार भिडियोमा देखिएका कथित नेपाली जसलाई पीडित भनेर प्रचार प्रसार गरिएको थियो उ सत् प्रतिशत भारतीयो हो । घटनाको छानविनमा संलग्न प्रहरी टोलीले पक्राउ परेका व्यक्तिसँग सोधिखोजीको क्रममा वास्तविकता अगाडी आएको छ ।

कथित नेपाली भनिएका युवाको नाम धर्मेन्द्र सिंह हो, उनले दिएको बयान अनुसार उनी एक साडी पसलमा काम गर्दछन् र विश्व हिन्दु सेनाका संस्थापक सदस्यहरुले आर्थिक लोभमा पारी भारु १ हजार दिने शर्तमा भिडियो बनाएका थिए । पीडित भनिएका व्यक्ति नै पक्राउ परेर वास्तविकता सार्वजनिक भए लगत्तै वाराणसी प्रहरीले विश्व हिन्दु सेनाका संस्थापक तथा घटनामा संलग्न मुख्य आरोपी अरुण पाठकको खोजी तिब्र पारिएको छ ।

वाराणसी प्रकरणको वास्तवीकता: वाराणसी प्रहरीको पत्रकार सम्मेलन

मुण्डन गरिएका व्यक्ति निस्किए भारतीय, जो १ हजार भारुमा बन्न तयार भएकाथिए नेपाली । घटनामा संलग्न मुख्य आरोपी अरुण पाठक बाहेक ४ जना पक्राउ । खोजी कार्य जारी ।

Posted by Livemandu on Saturday, 18 July 2020

घटना सार्वजनिक भए लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठक समेत केही अज्ञात कार्यकर्ताहरुको विरुद्ध मुद्दा दर्ता भइसकेको छ । नेपाल-भारतको जनता जनताबिचको आत्मियता तथा धार्मिक, सांस्कृतिक सम्बन्धमा चोट पुर्र्याउने अभिप्रायले तयार पारिएको यस घटनालाई स्थानीय प्रशासनले गम्भिर रुपमा लिएको छ । यूपीका डीजीपी एचसी अवस्थीले वाराणसीका सीनियर अफिसरलाई जाँचका लागि आदेश दिए लगत्तै भेलूपुर चौकीमा मुद्दा दर्ता भएको हो । त्यसपछि नै प्रहरीले गिरफ्तारीका लागि छापामार्न सुरु गरेको हो ।

यस घटनामा संलग्न ४ जना पक्राउ भइसकेकाहरु स्थानीय सन्तोष पाण्डेय, राजू यादव, अमित दुबे तथा आशिष मिश्रा रहेका छन् । जसमा मुख्य आरोपी भनिएका अरुण पाठक अझै पनि पक्राउ परेका छैनन ।

मुख्य आरोपीः अरुण पाठक
घटना बारे जानकारी दिंदै वाराणसी प्रहरी

मुण्डन गरेर टाउकोमा लेखेका थिए ‘जय श्रीराम’
घटना बुधबारको हो जसमा नेपाली भनिएका एक व्यक्तिको जबरजस्ती केही व्यक्तिले घेरी मुण्डन गरेर तालुमा ‘जय श्रीराम’ लेखिएको भिडियो सार्वजनिक भएको थियो । उक्त कथित नेपालीको मुण्डन पश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध भड्काउ नारा लगाउन बाध्य बनाइएको देखिन्थ्यो । विश्व हिन्दु सेनाले उक्त कथित नेपाली मार्फत बनारसमा रहेका नेपाली नागरिकलाई पनि ‘यदी नेपालका प्रधानमन्त्रीबाट लगातार यस्तो बयान आउँछ भछ भने यसको परिणाम उनले बेहोर्नुपर्नेछ’ भन्ने कुरा बोल्न बाध्य बनाइएको देखिन्थ्यो ।

जुनसुकै कालखण्डमा पनि नेपाल भारतबिच राजनीतिक उतारचढाव आएपनि समाधानका हरेक प्रयासहरुमा दुवै पक्षबिच पहलकदमी निरन्तर हुँदैआएका छन् ।  नागरिक तहमा यो सम्बन्ध उदाहरणीय रहँदै आएको छ र नागरिक तहमा रहेको सद्भाव तथा सम्बन्धको यो इतिहासमा कसैले आँच पुर्याउन सक्नेछैन ।


Loading comments...