वाराणसी प्रकरण: मुण्डन हुने भारतीय व्यक्तिको भिडियो बयान, भन्छन् मानशिक रोगी हुँ


उत्तर प्रदेशको वाराणसी (Varanasi) मा कथित नेपाली नागरिकलाई जबरजस्ती मुण्डन गरिएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक घटनामा नेपाली भनिएका व्यक्ति धर्मेन्द्र सिंहसँग प्रहरी चौकीमा लिइएको बयानको भिडियो सार्वजनिक भएको छ ।

घटनामा संलग्न व्यक्तिहरुमध्ये अहिलेसम्म पीडित भनिएका व्यक्ति समेत ६ जना पक्राउ परिसकेका छन् भने ‘विश्व हिन्दु सेना’का संस्थापक तथा यस घटनाका मुख्य आरोपी अरुण पाठकको खोजी कार्य प्रहरीले तिब्र बनाएको छ । वाराणसीका एसएसपी (SSP) अमित पाठकको निर्देशनमा स्थानीय प्रशासनले यस घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा शनिबार नेपाली भनी पीडित बनाइएका वाराणसीमैं जन्मिएका र सारी पसलमा काम गर्ने काशी, पानीटंकी निवासी व्यक्ति धर्मेन्द्र सिंह पक्राउ परेका थिए ।

वाराणसी प्रहरी चौकीमा धर्मेन्द्र सिंहले घटनाबारे बयान दिएका छन् । जसमा उनले भनेका छन्, “म मानसिक रोगी हुँ, महिना दिनदेखि उधारोमा औषधि खाईरहेको थिएँ, मिहिनेत गरेर पैसा आउँछ भने के को लाज? अनि मैले पैसाको लोभमा यो काम गर्न तयार भएँ ।”

भिडियोमा उनले भारु १ हजारका का लागि यो कार्यमा संलग्न ‘विश्व हिन्दु सेना’का ति व्यक्तिहरुले भने अनुसार पात्र बन्न तयार भएको कुरा स्विकार गरेका छन् ।

पुरा भिडियो हेर्नुहोस्ः

सम्बन्धीत समाचार
वाराणसी प्रकरणको वास्तवीकता: मुण्डन हुने व्यक्ति भारतीय, जो १ हजार भारुमा बनेका थिए नेपाली


Loading comments...