Lifestyle Portal
  •   २२ मंसिर २०७८, बुधबार

आफ्नै भाञ्जाको अपहरण पश्चात फरार रहेका हत्याका आरोपी १३ वर्ष पछि पक्राउ

४ श्रावण २०७७, आईतवार २१:४१

काठमाण्डौ, ४ साउन । आफ्नै भाञ्जा नाता पर्ने ११ वर्षीय रोहित गुप्ताको अपहरण पश्चात हत्या गर्ने अभियुक्त भारत मुजफ्फरपुर नगर थाना आखाडाघाट ठेगाना भएका ४५ वर्षीय राजेश कुमार गुप्तालाई घटनाको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको प्रहरीले गुप्तालाई सर्लाही मलंगवा-८ स्थित गोरखकालीबाट पक्राउ गरेको हो ।

भारत बिहार सीतामढी मुजफ्फरपुर घर भई काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्ने ‘राई स्कूल’ जोरपाटीमा अध्ययनरत रोहित २०६४ असोज २४ गते बेलुका घरबाट निस्केकोमा राति अपरिचित व्यक्तिले टेलिफोनमार्फत उनको बुबासँग छोरा अपहरणमा परेकोले २ लाख ५० हजार रुपैयाँ फिरौति रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएका थिए । फिरौति रकम प्राप्त भए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतालस गर्ने क्रममा २०६४ असोज २७ गते बेलुका काठमाण्डौ महानगरपालिका-३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटिमा प्लाष्टिकको बोरामा पोको पारी फालेको अवस्थामा रोहितको शव फेला परेको थियो ।

अनुसन्धानको शिलशिलामा बालक अपहरण तथा हत्याको योजनाकार रोहितकै मामा राजेशले काठमाण्डौ खिचापोखरीमा रहेको पसलमा काम गर्ने धादिङ घर भएका बिष्णु सुनार समेतले जादू सिकाउने बाहनामा रोहितलाई बोलाई गोप्य कोठामा लगि बन्धक बनाउने क्रममा रोहित चिच्याउन लाग्दा राजेशले मुख थुनी दुवै जनाले घुडाले थिचेर रोहितको हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौले जनाएको छ ।

घटना पश्चात राजेशले मृतकको बुबासँग फिरौति वापत २ लाख रुपैयाँ लिई थानकोटतर्फ गाएको र ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले सो रकम लिएर गएको बहाना बनाउनुका साथै बालकको शवलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादीस्थित सडकमा फ्याकेको खुल्न आएको हो । घटना पश्चात मृतकको बुबालाई समेत झुक्यानमा पारी उनीसँगै प्रहरी कार्यालयमा गई केही समयसम्म खोजतालस गरेको बहाना समेत गरी त्यसपछि फरार भएका थिए ।

घटनामा संलग्न बिष्णु सुनार २०६४ मंसिर १२ गते पक्राउ परी हाल कारागारमा रहेको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ