Lifestyle Portal
  •   १५ असार २०७९, बुधबार

यसकारण चिनियाँ राष्ट्रपतिको कल्पनालाई वास्तविकताले धक्का दिनेछ !

५ श्रावण २०७७, सोमबार १५:४०

चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको आजीवन नेतृत्वमा रहने शक्ति आर्जन गरेका छन् । उनले चीनको आजीवन नेतृत्वसँगै विश्वमा शासन गर्ने कल्पना पनि गरेका छन् । त्यसका विभिन्‍न बाछिटाहरु कोरोना महामारीका कारण भारत, भुटान, जापानलगायत छिमेकीमाथि उसले देखाएको व्यवहारले प्रष्ट पारेको छ ।

चीनले भारतीय भूमिमा आँखा गाडेको नौलो नभए पनि पछिल्लो समय विश्व महामारीको सामना गरिरहेका बेला देखाएको आक्रामक व्यवहार राष्ट्रपति सीको विश्व शक्तिमान बन्‍ने हतारोलाई झल्काउँछ । जसको परिणामस्वरुप चीनले जुन १५ मा भारतको पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय सेनामाथि आक्रमण गर्‍यो ।

भारतीय समाचार पोर्टल ‘रिडिफ’द्वारा अनुवादित सामाग्री

भारतसँगको वार्ताका क्रममा सीमा समस्या वार्तामार्फत समाधान गर्ने सहमति गरेको ९ दिनपछि गलवानमा भारतीय भूमिमा पसेर भारतीय सेनामाथि आक्रमण गरेको हो । बोली व्यवहारमा फरकपन देखाउने चीनको विश्वसनीयतामाथि प्रश्‍न उठेको अवस्था छ । उक्त आक्रमणमा भारततर्फका २० जना सैनिक मारिएका थिए भने चीनले आफ्नोतर्फ मारिएका सेनाको विवरण भने सार्वजनिक गरेन ।

उक्त हिंसात्मक आक्रमणपछि दुबै मुलुकका विदेश मन्त्री, उच्च सुरक्षा अधिकारी र सैन्य अधिकारीबीच वार्ताहरु भएका छन् । वार्ताका क्रममा दुबै मुलुकले संवादमार्फत नै समस्या समाधान गर्ने सहमति गरेका छन् ।

यहीबीचमा गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखको लेह पुगे र सेनाको हौसला बढाउनुका साथै सेनालाई सम्बोधन गरे । उनले चलाखीपूर्वक चीनको नाम नलिएर चीनलाई गतिलो झापड दिएका छन् ।

उनले भने, “अब विस्तारवादको युग समाप्त भइसकेको छ । यो समय भनेको विकासको समय हो ।” भारतीय प्रधानमन्त्री मोदीको उक्त अभिव्यक्ति चीनको टाउको दुखाइ विषय बनेको छ । अहिले चीनले भारतीय सीमा क्षेत्रमा बढाएको सैन्य उपस्थितिलाई ब्याक गरेको छ ।

भारतीय एक लेखकले भनेका छन्, “हामी दार्शनिक, वैचारिक र संवैधानिकरुपमा आफ्नो देखिएको सीमाको रक्षाका लागि कटिबद्धमात्र छैनौं, भारतको नक्सामा भएको भूमि भारतलाई फिर्ला ल्याउनसमेत तत्पर छौं । स्वतन्त्रताका ७० वर्षमा हामीले भारतबाहेकको कसैको भूमि एक इन्‍च पनि लिएका छैनौं ।”

प्रधानमन्त्री मोदीको स्ट्याण्ड र विश्वव्यापी आलोचनाका कारण चीनको कल्पनाको संसारलाई वास्तविकताले कुल्चिदिएको छ र आगामी दिनमा चीन थप दबाबमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु

१४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव” पर्यटक ट्रेन जुन २१ जुन २०२२ मा भारतको

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने