अक्सफोर्ड विश्वविधालय भन्छः कोभिड-१९ बिरुद्धको खोप मानवमा सफल


अक्सफोर्ड विश्वविधालयको आधिकारिक ट्वीट साभार गर्दछौं, अक्सफर्ड विश्वविधालयले बनाएको कोभिड विरुद्धको खोपले मानवमा सकारात्मक प्रभाव देखाएको र यसले बलियो रागप्रतिरोधात्मक क्षमता बिकास गरेको बताइएको छ । सफलताको यो सन्देश अक्सफोर्डले आधिकारीक ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरेको हो ।

अक्सफोर्ड विश्वविधालयको जेनेर इन्सटिट्यूट र भ्याक्सिन ग्रुपले यस खोप आविष्कार गरेको बताइएको छ, अब यस भ्याक्सिनलाई सरल रुपमा उत्पादन गर्न सकेमा सुरक्षित र सबैको पहुँचमा यस खोपलाई लैजान धेरै समय नलाग्ने बताइएको छ । यस खोपको फेज १ को दोश्रो संस्करणको नतिजा आजको ल्यान्सेट अध्ययन पत्रिकामा प्रकाशित भएको छ । खोप लगाएको १४ दिनभित्र टि सेल रेस्पोन्स अत्यन्त राम्रो भएको देखिएको छ , टि सेलले सेतो रक्त कोशिकाहरुमा विशेष असर देखाएको र २८ दिनभित्र उच्चतम एन्टीवडी रेसपोन्सबिकास गरेको बताइन्छ ।

यी रेसपोन्सहरु बुस्टर डोज पश्चात १०० प्रतिशत नै सफल भएको पाइयो, बुस्टर डोजपछि शतप्रतिशतरुपमा भाइरस क्रियाकलाप बन्द भएको पाइयो ।

यस अध्ययनका श्रोतव्यक्ति प्राध्यापक पोलार्डका अनुसार यस भ्याक्सिन प्रयोग गरिएका १० जनामा शतप्रतिशत सकारात्मक रिजल्ट आयो, उनीहरु २८ दिनमा कोरोना नेगेटिभ पाइएका छन् ।

जनरवीबाटै शुरु भएको शोधको प्रथम चरणको दोश्रो टेस्टको श्रृंखला अप्रिलबाट पुनः शुरु भएको हो । अहिलेसम्म यस अध्ययन १८ देखि ५५ वर्षसम्मका १००० भन्दा व्यक्तिहरुमा पटक पटक परीक्षण गरिसकिएको छ ।

अक्सफोर्ड विश्वविधालयले यस खोप बनाउन यूके मा आधारित फार्मा कम्पनी एस्टारजेनेसीयासँग सहकार्य गरेको हो । सार्स कोभिड २ विरुद्ध यसरी शिघ्रानुशिघ्र एन्टीवडि बिकास गरेर टि रेसपोन्स दिनसक्ने खोपको आविष्कारले कोरोना बिरुद्धको लडाईमा विश्वलाई नयाँ आशा दिएको छ । बेलायत सरकारले पनि यस शोधका लागि ८४ मिलियन पाउण्ड लगानी गरेको छ, यस खोपलाई चाडोक्स खोप भनि नामाकरण गरिएको छ ।

 


Loading comments...