टाउको जोडिएका जुम्ल्याहा बालिकाको इटलीमा सफल शल्यक्रिया


टाउको जोडिएर जन्मिएका जुम्ल्याहालाई इटलीमा रहेको ‘बाम्बिनो जेसु बाल अस्पताल’मा १८ घण्टा लामों जटिल शल्यक्रियापछि छुट्याइएको छ ।

दुवै बच्चाहरु छोरी हुन भने उनीहरुको नाम एर्भिना र प्रेफिना हो । जन्मका समय दुवै बच्चाहरुको टाउको एकापसमा जोडिएको थियो ।

यस विशेष शल्यक्रियाका लागि इटलीस्थित त्यस बाल अस्पताल चिकित्सक तथा नर्स समेतको ३० जनाको टोली संलग्न थिए । यस शल्यक्रियाका लागि योजना सहितको अनुसन्धानका लागि चिकित्सकहरुले त्रिआयामी (3D) प्रविधिको प्रयोगमा एक वर्ष भन्दा लामो समय खर्चिएका थिए ।

Source: BambinoGesu

 

दुवै बालिकाहरुको टाउकोको अधिकांश रक्त नली तथा टाउकोको हाड जोडिएको थियो । यस किसिमले जोडिएका जुम्ल्याहालाई सफलतापूर्वक छुट्टयाइएको यो नै पहिलो पटक हो ।

Source: BambinoGesu
Source: BambinoGesu

जन्मिएयता दुवैको विभिन्न खालको शल्यक्रियाहरु गरिसकिएको थियो । संलग्न चिकित्सकहरुका अनुसार यो नै उनीहरुको अन्तिम शल्यक्रिया हुने तथा उनीहरुले पूर्ण रुपमा सामान्य जीवन बाँच्ने विश्वास गरेका छन ।


Loading comments...