भ्रष्टाचार तथा अनियमितताको चाङले वर्षौंदेखि ‘जलमग्न वीरगञ्ज’ (फोटो फिचर)


वीरगञ्ज, २०७७/०४/०७ । सामाजिक अभियन्ता तथा सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झा वीरगञ्जमा प्रत्येक वर्षाका समय हुने जलमग्न असहज अवस्थाका विषयमा विकासका नाममा जनतामाथी वैदेशिक सहायता तथा ऋणको भार थोपर्दै नियमित हुँदै आएको भ्रष्टाचार तथा अनियमितताका विषयमा सामाजिक सञ्जाल मार्फत् आवाज उठाएका छन् ।

उनी लेख्छन्ः हामी आफनो महानगर वीरगञ्जलाई सडक सञ्जालमा जोडन सकेका छैनौं । फोहर व्यवस्थापन, ढल निकास र खानेपानिको अभाव ठूलो समस्या छ । गरिबी,

अशिक्षा र कूरितीको अन्त्य हुन सकेको छैन । लागूऔषध दुर्व्यसन, भ्रष्टाचार र अनियमितताले जरो गाडेको छ । प्राकृति विपत्तीले धनजनको क्षति हाम्रा लागि सामान्य भईसके। कोरोनाको कहर त छँदै छ ।

कञ्चन झा

आन्तरिक स्रोत साधनले नपुगेर एशियाली विकास बैंकबाट ऋण सहयोग मागियो । त्यो ऋण सहयोगले बन्ने संरचनाले वीरगञ्ज डुबान सधैका लागि समाप्त हुने योजना अनुसार भुमिगत नाला र ढल बने । तर ती कस्ता बने, कहाँ बने र कति बने यसको हिसाब अहिले सम्म वीरगञ्जबासीले पाएको छैन। तर गत वर्षको हाम्रा जनप्रतिनिधिहरुको बैठक भत्ता मात्र १ करोड १६ लाखको हिसाब चाही वीरगञ्जबासीले बुझेका छन् – हानै समस्या समाधानका लागि त १ करोड भन्दा बढि लागतको बैठकहरू बसेका हेलान् ।

हाम्रो टाउकोमा ऋण थुपारेर निर्माण भएका संरचनाको हिसाब खोज्ने बेला भएको छ। सरकार डाकौं। संचारमाध्यम डाकौं। अख्तियार र नागरिक समाज डाकौं । सधै वर्षामा यसरी सहर जलमगन हुने, मानिसले ज्यान गुमाउने र धनजननको क्षति बेहोर्ने यो श्रृंखला सधैका लागि बन्द होस् ।

त्यस्तै वीरगञ्जबाट सामाजिक तथा राजनीतिक गतिविधिहरुमा सक्रिय युवा नेता ओम प्रकाश सर्राफ लेख्छन्ः
स्थानिय निर्वाचन हुनु अगावै वीरगञ्जमा करिब ५ सय करोडको लगानिमा नाला निर्माण भयो तर पनि लगातार सम्पूर्ण वीरगन्ज शहर डुबानमैं छ । अवैज्ञानिक नाला निर्माण गरि वीरगञ्जबासिको अर्बौं रकम दुरुपयोग गर्नेहरुलाई छानबिन गरि दोसि माथि कार्वाहि गरौं, जेल हालौं, रकम असुलउपर गर्न दवाव बनाऔं । हामिले त्यहि बखत यस सन्दर्भमा सवाल उठाउँदा/ खबरदारी गर्दा जनता तथा ति परियोजनाका जिम्मेवारीहरु सम्बन्धमा गम्भिरताका साथ लिएका थिएनन ।

ओम प्रकाश सर्राफ

केहि भ्रष्टहरुको अकर्मण्यताले आज वीरगञ्जबासी डुबानको जोखिममा छन् । भ्रष्टाचारको रकमले दुई चार जनाले आफ्नो आलिसान घर बनाएका होलान तर अहिले वीरगञ्जका हजारौं घर डुबानमा छ । लाखौं जनता पीडामा छन ।

वीरगञ्ज डुबानको अर्को कारण सिरसिया नदीको अतिक्रमण र फोहोर, प्रदुसण हो । वीरगञ्जको लाइफलाइन सिरसिया नदी अतिक्रमितको चपेटामा यस्तरी फस्यो की वीगतमा विभिन्न जलचर तथा पशुपञ्छि देखिने कञ्चन नदीबाट अहिले नालाको रुपमा परिणत भएको छ र केहि उद्योगका कारण बढेको प्रदुसणले नदीको अस्तित्व समाप्त हुँदै गएकोछ । यो दुबै कारणले वीरगञ्जको पानी नदीले थेग्न सक्ने अवस्था छैन । यो नदीको सरसफाइ र अतिक्रमण मुक्तगर्ने अभियान हामीले वर्षौ देखि जारि राख्दा पनि माफियाहरुको अगाडी सफल हुन सकेको छैनौ । यो नदीको जीवनोद्दार गर्न सकेनौ भने वीरगञ्जको अस्तित्व नै खतरामा रहने निश्चित छ । समयमैं सबैको ध्यान पुगोस् । वीरगञ्ज बचाउने अभियानमा हातेमालो मालो गरौं ।

(फोटो: ओम प्रकाश सर्राफ)


Loading comments...