इरान र इज्रेलको ‘साइबर वार’ कस्तो छ ?


पछिल्ला समयमा इरानको न्यूक्लीयर साइटको नियन्त्रण र ब्यबस्थापन गर्ने बिभिन्न डिजीटल संयन्त्र र साइटहरुमा साइबर आक्रमण भएको छ, नचाहेका बिष्फोट र दूर्घटनाहरुले गर्दा इरानका आणविक प्रयोगशालामा केहिको मृत्यू पनि भएको हो ।

यी आक्रमणहरु इज्रेलको डिजीटल स्फेयरबाट भएको इरानको अनुमान र किटानी आरोप छ, पछिल्ला समयमा यि दुबै देशहरुले आ-आफ्ना डिजीटल स्फेयरबाट सोपिलस्टीकेड साइबर ट्याक्टीस लगाएका बताइन्छ । प्रथमपटक सन् २०१० मा स्टकनेट नामक भाइरसले ईरानका धेरै न्यूक्लीयर हतियार कार्यक्रम र संयन्त्रको डिजीटल संयन्त्रलाई ध्वस्त पारेको थियो, यो भाइरस इज्रेलले डिप्लोई गरेको बताइन्छ ।

इरानको नतन्ज यूरेनियम इनरिचमेन्ट प्लान्टमा अन्तराष्ट्रिय एटोमीक इनर्जि एजेन्सीका प्रतिनिधिहरुले भ्रमण गर्दा यूरेनियम ग्याँसलाई प्रभावकारी बनाउने सेन्ट्रीफेयूजहरु त्यहाँ उति राम्ररी काम नगरेको ठम्याएका थिए, यसको ५ मिनटपछि इरानका केहि महत्वपूर्ण सिस्टम र केहि विशेष कम्प्यूटरहरु मा हानीकारक भाइरस देखिएको थियो ।
स्टक्सनेट नामक यस भाइरस विश्वकै पहिलो साइबर हतियार भएको मानिन्छ, सन् २०१० को स्टक्सनेट पछि एक दशकपछि दोश्रो स्वरुपमा फेरि इरानी परमाणु बिकासको डिजीटल संयन्त्र ध्वस्त पार्ने हेतुले देखिएको खबर आएको छ ।

नतन्ज परमाणु बिकास केन्द्रमा मात्र पछिल्ला ३ हप्तामा ३ वटा विष्फोट गराइएको छ, इरानी डिजीटल संयन्त्र र कम्प्यूटर इन्टरसेप्ट गरेर यि विष्फोटहरु गराइएको हो । इरानी पक्षले यि विष्फोटको पुष्टि गर्दै यसको परिवेश अनि आक्रमणकारी पक्षका कुराहरु चाँही समय आएपछि बताउने जनाएको छ ।

इरानको एटोमीक इनर्जि अर्गनाइजेशनले एकतल्ले इटाँको घरको तस्वीर हालेको थियो, पूर्णरुपमा क्षतिग्रस्त यस घर परमाणु बिकास योजनाको रणनैतिक कार्यालय रहेको इरानले जनाएको छ ।

इरान आफ्नो साइबर क्ष्मता बढाउन र दक्षता अभिवृद्धि गर्न लागको बताइन्छ यद्धपी यि कुराहरु इरानले गोप्य नै राखेको छ ।


Loading comments...