इण्डिया आइडयाज समीट: भारतमा लगानीका सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले के भने?


नयाँ दिल्ली । भारत तथा अमेरिकाको सहकार्यमा एकआपसी सहयोग तथा कोरोनाका क्रममा दुवै देशले आर्थिक स्थितिलाई सम्हाल्ने योजनाहरुमा काम गरिरहेका छन् । यसै सन्दर्भमा ‘US-India Business Council’ को आयोजना चलिरहेको छ, नजिकै यसको स्थापनाको पनि ४५ वर्ष पुरा हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले India Ideas Summit मार्फत भारत तथा अमेरिकाका नागरिकलाई सम्बोधन गरेका छन् ।

यस समीटमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “यो समय भारतमा लगानी गर्ने उत्तम समय हो ।” उनले भारतमा लगानी गर्ने विभिन्न फाइदाहरुका सम्बन्धमा समेत प्रकाश पार्दै कुन कुन क्षेत्रमा लगानीको कती सम्भावना छ भन्ने बारे उल्लेख समेत गरेका थिए ।

भारतीय प्रधानमन्त्रीको सम्बोधनमा समेटिएका महत्वपूर्ण कुराहरु यस्ता छन्ः
– भारत स्वास्थ्य क्षेत्रमा आक्रामक देखिन्छ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि आह्वान समेत गरेका थिए । भारतको स्वास्थ्य सेवाको क्षेत्र २२ प्रतिशतको गतिले अगाडी बढीरहेको छ ।

– उर्जाको क्षेत्रमा लगानीको लागी आह्वान गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले उक्त सम्बोधनमा उल्लेख गरे, “भारत आफूलाई ग्याँस केन्द्रित इकनमीमा अगाडी बढाइरहेको छ । र यो अमेरीकी कम्पनीहरुका लागि एउटा ठूलो अवसर पनि हो ।”

– भारतमा सबैभन्दा ठूलो इन्फ्रास्टक्चर निर्माण भइरहेको छ र सबैलाई यस इन्फ्रास्ट्रक्चर क्षेत्रमा लगानीका लागि आमन्त्रण गरेका छन् ।

– रक्षा तथा स्पेसको क्षेत्रमा लगानी गर्न आमन्रण गर्दै भारतीय प्रधानमन्त्री मोदीले अगाडी थपे, “यहाँ लगानी गर्नका लागि FDI लिमिट बढाएर ७४ प्रतिशत सम्म ल्याउने गृहकार्य भइरहेको छ ।”

– भारतीय प्रधानमन्त्री मोदीले फाइनान्स तथा बीमा क्षेत्रमा समेत लगानीका लागि आह्वान गरेका छन् जसक्रममा उनले, “बीमा क्षेत्रमा हामीले १०० प्रतिशत FDI लाई अनुमती दिसकेका छौ ।”

– त्यस्तै किसानहरुको मिहिनेतमा समेत लगानीका गर्नका लागि आमन्त्रित गरेका छन् ।

– भारतीय प्रधानमन्त्री मोदीले भने, “संसारलाई राम्रो भविष्यको आवश्यकता छ र हामी सबै एउटै मञ्चमा आएर राम्रो भविष्य निर्माणका लागि सहकार्य गर्नुपर्ने हुन्छ । म यो मान्दछु की भविष्यका सम्बन्धमा कुनै पनि प्रस्तावहरु मानव केन्द्रित हुनु पर्दछ ।”

तपाईंको जानकारीका लागिः भारतमा प्रमुख व्यापार संघहरुका साथै ‘US-India Business Council’ (USIBC) को समेत प्रत्यक्ष साझेदारी रहने गर्दछ । जसमा भारतीय उद्योग परिसंघ बाहेक द फेडरेशन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रि, द अमेरिकन चेम्बर अफ कमर्स इन इण्डिया, नेशनल असोसिएशन अफ सफ्टवेयर तथा सेवा कम्पनी, द इण्ड्स आन्टरप्रेन्योर्स तथा इण्डो-अमेरिकन चेम्बर अफ कमर्सले मिलेर काम गर्दछन् ।


Loading comments...