स्रोह्र लाख तेह्र हजार नौ सय पचहत्तर सहित भेरी अस्पतालका कम्प्यूटर अपरेटर नियन्त्रणमा


भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनाल स्रोत नखुलेको नगद रकम रू.१६,१३,९७५/- सहित नियन्त्रणमा ।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत अफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले निज कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/- (सोह्र लाख तेह्र हजार नौ सय पचहत्तर) स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...