Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

तीन किलोमिटरसम्म लखेटेर हत्या गरिएका सशस्त्र प्रहरी जवानको हत्यारा पत्ता लाग्यो, घटनामा संलग्न ३ जना पक्राउ

८ श्रावण २०७७, बिहीबार २२:१६

जनकपुरधाम, २०७७ साउन ८ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिराहा नगरपालिका-३ मखनाहा टोल बस्ने २५ वर्षीय जयकेश कुमार यादव, मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन् ।

गत असार १६ गते सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका-३ घर भई सिराहा नगरपालिका-१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए । उक्त घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिराहा नगरपालिका-३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई कर्तव्य गरी मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर थप अनुसन्धन भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी