Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

भारतद्वारा विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण

९ श्रावण २०७७, शुक्रबार १७:२०

काठमाडौं, २०७७ श्रावण ०९ । विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको आज काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्र्यो । जिल्ला समन्वय समिति मोरङ्गले कार्यान्वयन गरेको यस परियोजना भारत सरकारको आर्थिक सहयोग ने.रु. ४.४३ करोडमा निर्माण गरिएको हो ।

नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न पहिले साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गत अघि सारेको हो ।

यस प्रयास अन्तर्गतका परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पुर्र्याउँदछ । सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ने.रु.७९८.७ करोड आर्थिक अनुदान सहयोगमा ४२२ वटा ‘एचआईसीडीपी’ सम्पन्न गरिसकेको छ ।

सन् १९५५ मा स्थापना भएको यस क्याम्पस प्रदेश–१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस मध्यको एक हो । यस नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधा रहेका छन् । यस नवनिर्मित भवनको निर्माणले स्नातक र विद्यावारिधि तहका झण्डै ७००० विद्यार्थी लगायत विभिन्न सङ्कायका प्रतिनिधिहरु लाभान्वित हुनेछन् ।

क्याम्पसबाट उत्र्तीण धेरै विद्यार्थीहरु मध्ये नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी एक हुन् । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु उपप्रधानमन्त्री, मन्त्री तथा प्राविधिक विज्ञ भएका छन् ।

नयाँ क्याम्पस भवनको उद्घाटनको अवसरमा सराहना तथा सन्तुष्टि व्यक्त गर्दै क्याम्पस प्रमुख श्री बाबुराम तिमिल्सिनाले क्याम्पसका सङ्काय, विद्यार्थी र आफू विश्व परिवारका विद्यार्थी रहेको र भारतीय जनताको सहयोग नेपाल र भारतले विश्वास गर्दै आएको वसुधैव कुटुम्बकम्को प्रतिबिम्बको रुपमा रहेको बताउनुभयो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय