
कोरोनाभाइरस सङ्क्रमण: कोभिड-१९ संक्रमितको शरीरमा के हुन्छ? – विश्वभरको ताजा अवस्थासहित
चिनको हुवानप्रान्त, वुहानस्थित समुन्द्रि जीव तथा विभिन्न वन्यजन्तुको मासु बिक्रि गर्ने बजारमा सन् २०१९ डिसेम्बरमा प्रथम पटक भेटिएको परिमार्जित प्रकृतिको कोरोनाभाइरस र यसले लगाउने रोग ‘कोभिड-१९’ अहिले विश्वव्यापी स्वास्थ्य संकट हुँदै मानव सभ्यताका लागि ठूलो महामारी बनिसकेको छ ।
विश्वभरको ताजा अवस्था
पुष्टिभएका कूल संक्रमित संख्याः १५,२९६,९२६
कूल मृतक संख्याः ६२८,९०३
निको भएको: ९,६२४,१०७
नेपालको ताजा अवस्था
जम्मा परीक्षणः ३३५,०८२
पुष्टिभएका कूल संक्रमित संख्याः १८,३७४
कूल मृतक संख्याः ४४
निको भएकोः १२,९४७
अन्तिम् अपडेटः २४ जुलाई २०२०, 05:45 GMT+5:45
Source: covid19.who.int
कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा भने यो कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोग ‘कोभिड-१९’ मृत्युको कारण बनिदिन्छ।
कोरोना भाइरसको संक्रमणकालः मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ । त्यस अवस्थालाई ‘इन्क्युवेशन पीरीअड’ अथवा संक्रमणकाल भनिन्छ । त्यस अवधिमा भाइरसहरूले संक्रमितको शरीरका कोषहरुभित्र प्रवेश गरी त्यसमा आफ्नो नियन्त्रणमा गर्ने गर्दछन् ।
यदि नजिकै कसैले खोकिरहेको छ अथवा कसैले हाँच्छ्यू गरेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस (Sars-CoV-2) शरीरमा सजिलै प्रवेश गर्नसक्छ अथवा भाइरसद्वारा दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा समेत कोरोनाभाइरस शरीरमा प्रवेश गर्नसक्छ ।
यसरी शरीर प्रवेश गरेको भाइरसले सर्वप्रथम संक्रमितको घाँटीको कोष, स्वासनली तथा फोक्सोलाई प्रभावित गर्न थाल्छ र असर गर्न थाल्छ । बिस्तारै ती अङ्गहरु कोरोनाभाइरस उत्पादन गर्ने कारखाना बन्न पुग्छन् र अत्याधिक भाइरस उत्पादन हुन थाल्छन् । तिनले संक्रमितको अन्य कोषहरुमा समेत आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्न थाल्दछ ।
प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न । केही मानिसलाई त कहिल्यै कुनै लक्षण समेत देखिदैन । शरीरमा कोरोनाभाइरस स्थापित हुने संक्रमणकालीन अवधि झण्डै ५ दिन समयावधि रहेको भेटिएको छ ।
अध्ययन अनुसार कोरोनाभाइरसको संक्रमणबाट हुने कोभिड-१९ भन्ने रोग १० जनामध्ये ८ जनाका लागि अत्यन्तै सामान्य रोग हो । उनीहरूलाई सामान्यत रुघा लाग्ने र ज्वरो आउने गर्छ । शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने तथा टाउको दुख्ने समस्याहरु प्राय देखिन सक्छ । तर ती लक्षण देखिन्छन् नै भन्ने छैन । विना लक्षण समेत व्यक्तिको ज्यानै गएका घटनाहरु समेत देखिएका छन् ।