कोरोना बिरुद्धको खोपहरुको मुल्य कती हुन्छ होला?


अमेरिकाले जर्मनी फार्मासँग १० करोड भ्याक्सिन खरिद गर्ने

जर्मन ओखती कम्पनी बायोन्टेकले बुधवार एउटा बिज्ञप्ती जारी गरेर अमेरिकी सरकारले १० करोड भाइल भ्याक्सिन खरिद गर्नका लागि २ बिलियन अमेरिकी डलर तिर्ने भएको बताएको हो ।

जर्मनको यो ओखती फार्मले अमेरिकी फार्माको सर्वाधिक ठूलो कम्पनी पीफाइजरसँग मिलेर कोरोना विरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । ट्रम्प प्रशासनले अमेरिकी नागरीकहरुलाई निःशुल्क कोरोना विरुद्धको खोप दिलाउने प्रतिवद्धता जाहेर गरेसँगै अमेरिका अब खोपको बिकास, खरिद र बितरणमा केन्द्रित भएको देखिन्छ ।

रेगुलेटरी अप्रुभल स्वीकार भएको खण्डमा अमेरिकाले ५० करोड भाइल सम्म खरिद गर्न सक्ने प्रावधान रहन्छ । यी खोपहरुमा मेसेन्जर आरएनए को प्रयोग गरेर मानविय जेनेटीक कोडमा स्लीप हुने गरि कोरोना प्रतिरोधात्मक क्षमतातर्फ एन्टीवडिलाई केन्द्रित गरिने बताइएको छ ।

बायोन्टेकका प्रवक्ताले एफपीलाई अधिकतम एकजनलाई दुई डोज इन्जेक्सन चाहिने बताएका छन्, पहिलो इन्जेक्शनको ७ दिनपछि बुस्टर डोज दिइएको खण्डमा कोरोना संक्रमण जीवनकालसम्म नहुने प्रतिरोध शरीरले धारण गर्ने बायोन्टेकको दावी छ । अमेरिकी सरकारले ‘पीफाइजर’ र ‘बायोन्टेक’सँग त्रिपक्षीय सम्झौता गरेको हो, अहिलेको लगानीमा ३९ अमेरिकी डलरमा दुई डोज खोपहरु अमेरिकाले किनेको हो, यस अनुसार यसको औसत नेपाली रकम रु. ५ हजार भन्दा कम पर्नेछ ।


Loading comments...