Lifestyle Portal
  •   २१ असार २०७९, मंगलवार

हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

१० श्रावण २०७७, शनिबार १९:४४

काठमाडौं, २०७७ साउन १० । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गेको छ ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्ने क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाई फेला पारी तलासी लिने क्रममा निजको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी