
भर्खरैः पूर्वमन्त्री गोविन्दराज जोशी नेपाली कांग्रेसबाट ५ वर्षका लागि निष्काशित
१० श्रावण २०७७, शनिबार २२:२८
नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको छ । जोशी र ओझालाई पाँच वर्ष तथा विष्टलाई ३ बर्षका लागी पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले प्रेस विज्ञप्ती जारी गरेको छ ।
भीष्मराज आङदेम्बेको अध्यक्षतामा नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिको बैठकले ३ दिनको म्याद राखी अन्तिम् स्पष्टिकरणकै विषयमा प्राप्त जवाफ चित्तबुझ्दो नभएको र सबुत प्रमाणको आधारमा नेपाली कांग्रेस पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (ग) बमोजिम पार्टीबाट कार्वाही स्वरुप निष्काशनको निर्णय गरेको हो ।
जोशीले पछिल्लो निर्वाचनका क्रममा तनहुँ क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेद्वार बनेर आक्रामक राजनीतिक छवी बनाएका थिए भने कैलालीको क्षेत्र नम्बर पाँचको उम्मेद्वार आरजु देउवालाई चुनाव हराउन लागिपरेको आरोप विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तीको पुरा पाठ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी