के साँच्चै रुसले अन्तरिक्षमा हतियार परीक्षण गरेको हो?


अमेरिकी सेनाले सन् २०१९ मा घोषणा गरेको आफ्नो अन्तरिक्ष सैन्य बटालियनका शीर्ष जनरल जन ‘जय’ रेमण्डले टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “हाम्रो खुफिया विशेषज्ञहरुको सतर्कता तथा सक्रियतामा १५ जुलाई २०२० मा रुसले अन्तरिक्ष मैं जन्माएको उपग्रह ‘कसमस २५४३’ को सहयोगमा अन्तरिक्षको बाहिरी क्षेत्रमा एउटा मिसाइलद्वारा हमला गरेको पत्ता लगाएको छ । जसबाट अन्तरिक्षमा रहेका अमेरिका तथा सहयोगी देशहरुको उपग्रहमाथि ठूलो खतराको परिस्थिति बनाइदिएको छ ।” यो पहिलो यस्तो घटनामा जसमा अन्तरिक्षमा एण्टि स्याटलाइट वेपन (हतियार)को परीक्षण गरेको आरोप लगाएको हो ।

जसलाई अमेरिकी सरकारले स्याटलाइट (भू-उपग्रह)माथी प्रहार गर्नसक्ने क्षमतायुक्त हतियारको प्रयोगलाई चिन्ताजनक विषयको रुपमा ब्याख्या गरेको छ । अमेरिकाको यस चिन्तालाई जायज ठहर्र्याउँदै बेलायतले पनि रुसले ‘कसमस २५४३’को प्रयोग गरी अन्तरिक्षमा एण्टि स्याटलाइट वेपन (हतियार)को परीक्षण गरेको घटनामा समान धारणा सार्वजनिक गरेको हो ।

बेलायतको ‘अन्तरिक्ष निर्देशनालय प्रमुख’ हार्भी स्मिथ भन्छन्, “रुसले अहिले परीक्षण गरेको भू-उपग्रहको गुण “अस्त्रको जस्तो” रहेको देखिन्छ । रुसले सुरु गरेको यस्तो गतिविधिले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगलाई खतरामा पार्न सक्छ र यस्ता प्रयोगहरुबाट उत्पन्न विषाक्त फोहोरले संसार नै निर्भर हुने स्याटलाइट (भू-उपग्रह) र अन्तरिक्ष प्रणालीलाई जोखिममा पार्न सक्छ ।”

उनले रुसलाई जिम्मेवार बन्न र अब त्यस्ता परीक्षण नगर्न आग्रह गरे ।

अमेरिका अनुसार “अमेरिकी जासूसी उपग्रहको नजिक आएको रुसी ‘कसमस २५४२’ तथा ‘कसमस २५४३’ नाम गरेका दुई स्याटलाइट (भू-उपग्रह)का कारण अमेरिकी सेना चनाखो बसेको छ । सन् २०२० को मध्य जनवरीमा अर्बौं डलर खर्चेर अमेरिकाले आफ्नो सेनाका लागि प्रक्षेपण गरेको जासूसी उपग्रह KH-११ को नजिक रुसका ति दुबै स्याटलाइट अत्यन्त नजिकै आएका थिए । घटना अझै अन्यौल नै छ की यो केवल रुसले धम्क्याउने नियतले अमेरीकी स्याटलाइट नजिक आएको हो या त्यसको जासूसीमा सक्रिय थियो?” यो घटना लगत्तै अमेरिकाले रुसलाई राजनीतिक माध्ययमबाटै आपत्ति जनाएको छ । जस पश्चात् ति दुवै रुसी स्याटलाइट त्यहाँबाट टाढा अन्तै लागेका थिए र पछि ति स्याटलाइटहरुले पृथ्वी परिक्रमा गरेको भेटिएको थियो ।

रसियाले स्याटलाइट (भू-उपग्रह) अन्तरिक्षमा प्रक्षेपण गरेको प्रक्रियाको संकेत चित्र

अन्तरिक्षमैं तयार पारिएको हो रुसको दुवै ‘कसमस स्याटलाइट’
अमेरिकी सेनाको अन्तरिक्ष सैन्य बटालियनका शीर्ष जनरल जन ‘जय’ रेमण्डले टाइम म्यागजिनलाई दिएको उक्त अन्तर्वार्तामा भनेका छन्, “अमेरिकी खुफिया विशेषज्ञहरुले रुसले तयार पारेको दुवै उपग्रह ‘कसमस २५४२’ तथा ‘कसमस २५४३’ माथी अनुगमन गरिरहेका छन् । यो अनुगमन हाम्रा विशेषज्ञले सोयूज रकेटको सहयोगमा २६ नवेम्बर २०१९ मा अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । यसरी रुसले प्रक्षेपण गरेको त्यस उपग्रहबाट ११ दिनपछि अर्को स्याटलाइट अन्तरिक्षमा छुट्टिएर दुइवटा भएको थियो ।”

के भन्छ रुस?
अमेरिका तथा बेलायतले लगाएको आरोपलाई खण्डन गर्दै रुसको विदेश मन्त्रालयले जारी गरेको बयानमा भनेको छ, “१५ जुलाई २०२० मा हामीले गरेको परीक्षणबाट अन्तरिक्षमा कुनै किसिमको खतरा उत्पन्न भएको छैन । हामीले यो प्रयोग अन्तर्राष्ट्रिय कानूनहरुको पालना गर्दै गरेका हौं । हामीले अन्तरिक्षमा गरेका गतिविधिहरु तथा शान्तिपूर्ण अभियान विथोल्ने प्रयास मात्र हो ।”

एउटा अर्को बयानमा रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोवले भनेका छन्, “हामी अन्तरिक्षमा सदैव विसैन्यीकरण तथा कुनैपनि किसिमको हतियारको भण्डारण नगर्ने पक्षमा छौं ।”

के छ अन्तरिक्ष सन्धिमा?
रुस, बेलायत, अमेरिका तथा चीन सहित १ सय भन्दा बढी राष्ट्रले बाह्य अन्तरिक्षमा शान्तिपूर्ण उद्देश्यले मात्र अन्वेषण गर्ने सहमति व्यक्त गर्दै एउटा सन्धिमा हस्ताक्षर गरेका छन् । त्यस सन्धिअनुसार पृथ्वीको कक्ष तथा अन्तरिक्षमा कुनैपनि अस्त्र राख्न पाइँदैन ।


Loading comments...