
कर्तव्य ज्यान मुद्दाका फरार अपराधी ९ वर्षपछि पक्राउ
११ श्रावण २०७७, आईतवार २३:५७
कैलाली, २०७७ साउन ११ । कर्तव्य ज्यान मुद्दाका दश वर्षदेखि फरार प्रतिवादी कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुर्वण श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर सिंहलाई २०६८ मंसिर १८ सोही उपमहानगरपालिका-८ धनगढीस्थित दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा सुर्वण समेतका २ जनाले कुटपिट गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात दुवै जना फरार रहेकोमा अर्का प्रतिवादीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली अदालतबाट जन्म कैद २० वर्ष फैसला भएको र सुवर्ण हालसम्म फरार रहेकाले खोजी गर्ने क्रममा सोही उपमहानगरपालिका-९ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस