
अफगानिस्तानमा अपहरणमा परेका सचदेवा सहित सिख तथा हिन्दु परिवारका ११ जना भारत फर्किए
अफगानिस्तानका शिख र हिन्दु अल्पसंख्यक समुदायका पहिलो समूहका ११ सदस्यहरु आज दिल्ली आइपुगेका छन् । दिल्ली बीजेपीका अध्यक्ष आदेश गुप्ता, बीजेपीका राष्ट्रीय मन्त्री सरदार आर.पी. सिंह तथा दिल्ली सिख गुरुद्वारा प्रबन्धक कमिटीका अध्यक्ष मनजिन्दर सिंह सिरसाले माला तथा सल लगाइदिएर भारत फर्किएका सिख समूदायका सदस्यहरुलाई स्वागत गरेका थिए ।
बीजेपी नेताहरुले भारत फर्किएकाहरुको स्वागतका क्रममा, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नीतिकै कारण नै यो मौका बन्न सकेको हो । यो पहिलो पटक हो जुन घटनामा अफगानिस्तानमा रहेका सिख परिवार भारत फर्किन सफल भएको छ र यो सबै नागरिकता संशोधन कानूनकै कारण मात्र सम्भव हुन सकेको हो ।”
भारत फर्किएका उक्त ११ जनाको समूहमा अफगानिस्तानको सिख समूदायका अगुवा नेता निदान सिंह सचदेवा पनि छन् । उनलाई अफगानिस्तानको पक्तिया प्रान्तबाट अपहरण गरिएको थियो । उनलाई गत जुलाई १८ मा कैदबाट मुक्त गरिएको छ । सचदेवा सहितको ११ जनालाई भारत ल्याउन तथा उनीहरुको स्थायी व्यवस्थापनका लागि भारत सरकारले सबैखाले प्रयास गरिरहेको जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताउनुभयो ।

भारतीय विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, “अफगानिस्तानका अल्पसंख्यक सिख तथा हिन्दु समूदायका ११ सदस्य आज भारत आइपुगे । भारतले वहाँहरुलाई उचित भिजाको व्यवस्था गरेर भारत ल्याउने पहल गरेको हो । वहाँहरुको सुरक्षित फिर्तीका लागि हामीलाई अफगानिस्तान सरकारले गरेको सहयोगको सराहना गर्दछौं ।”
1st group of 11 members of Sikh & Hindu minority community of Afghanistan,including Mr.Nidan Singh Sachdeva who was recently released from captivity,reached Delhi today.GoI is facilitating return of Hindu & Sikh community members seeking permanent residency & citizenship in India pic.twitter.com/LKE0GB4ll2
— Anurag Srivastava (@MEAIndia) July 26, 2020
श्रीवास्तवले गत साता ब्रिफिङका क्रममा, “अफगानिस्तानमा वर्तमान समयमा हिन्दु तथा सिख समूदायका मानिसहरुमाथी हमला बढेको छ र यो हमला आतंककारीहरुद्वारा बाहिरी सहयोगीहरुको इशारामा भइरहेको” कुरा सार्वजनिक गरेका थिए ।
उक्त साप्ताहिक ब्रीफिङमा “अफगानिस्तानमा रहेका सिख तथा हिन्दु समूदायका सदस्यहरुबाट भारत फर्किने चाहना सहितको अनुरोध हामीले निरन्तर प्राप्त गरिरहेका छौं । वहाँहरु भारत मैं अब बस्न चाहनुहुन्छ र वहाँहरुको अनुरोधमा हामी यस कोभिड-१९ को समस्याका बावजूद काम गरिरहेका छौं ।”
सोहि घोषणा पछि भारतमा स्थायी बसोबास र नागरिकता समेतको पहलकदमी सहित त्यहा रहेका ७०० बढी हिन्दु तथा सिख समूदायका सदस्यहरुको भारत फिर्ती योजनामा भारत सरकारले सहयोग पुर्याइरहेको छ ।