अमेरिकाले चीनको चेंगदूस्थित रहेको वाणिज्य दूतावास बन्द गर्दै गर्‍यो खाली


संयुक्त अधिराज्य अमेरिकाले दक्षिण पश्चिम चीनको सिचुवानको चेंगदूमा रहेको एक वाणिज्य दूतावासलाई बन्द गर्दै दूतावास परिसरलाई स-कर्मचारी खाली गरिदिएको छ । अमेरिकी कर्मचारीहरु दूतावास परिसरबाट बाहिरिंदा बाहिर ठूलो संख्यामा रहेका चिनियाँ नागरिकहरुले हो-हल्ला गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालय अनुसार दूतावासको नियमित संचालन बिहान १० बजेबाट निलम्बित भएको हो । “चिनले हाम्रो वाणिज्य दूतावास बन्द गर्न गरेको निर्णय निराशाजनक छ । हामी अन्य मिशनमार्फत यस क्षेत्रमा आफ्नो पहूँच बनाइराख्ने कोशिस गर्नेछौं ।”

संयुक्त अधिराज्य अमेरिकाले यही साता ह्यूस्टनमा रहेको चीनको वाणिज्य दूतावासलाई बन्द गर्ने आदेश दिएको थियो । जसको जवाफमा चीनले शुक्रबार चेंगदूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको थियो ।

ह्यूस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास हटाउनुमा के थियो अमेरिकाको आरोप?
“ह्यूस्टनमा रहेको वाणिज्य दूतावास चिनीयाँ जासूसहरुको अड्डा बनेको छ र उनीहरुले टेक्सासमा रहेका कम्पनीहरुको बौद्धिक सम्पत्ति चोर्नका लागि” आफ्नो वाणिज्य दूतावासको प्रयोग गरिरहेका कारण बन्द गराउने आदेश दिइएको” अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी कदम “चीनविरोधी झूटहरूको मिश्रण” भएको प्रतिक्रिया दिए ।

चीनसँगको व्यापार, कोरोनाभाइरस महामारी तथा हङ्कङमा लागू गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच पछिल्लो ३ वर्ष तनावको स्तर बढ्दो छ ।

चीनको सरकारी मीडियाहरु अनुसार दक्षिण पश्चिम चीनमा रहेको संयुक्त अधिराज्य अमेरिकाको त्यस वाणिज्य दूतावासको अमेरिकाको झण्डा सर्वप्रथम उतारिएको थियो जसको तत्काल केही समयमैं केही ट्रकहरु सरसामान लोड गर्न परिसरमा प्रवेश गरेका थिए लगत्तै दूतावासमा रहेका अमेरिकी अधिकारिहरुले दूतावास परिसरलाई खाली गरेका थिए ।


Loading comments...