Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

५० हजारको ढुङ्गा! : ठगी अभियोगमा ४ जना पक्राउ

१२ श्रावण २०७७, सोमबार २२:५६

पर्वत, १२ साउन । नक्कली बहुमूल्य ढुङ्गा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका- ५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, निज बिककी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका-३ डेरा गरी बस्ने बागलुङ, बागलुङ नगरपालिका-१४ बलेवा घर भएका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका-२ ज्यामरुक घर भई सोही नगरपालिका-७ हुलाकचोक डेरा गरी बस्ने २४ वर्षीय मनिष बोहोरा रहेका छन् ।

निर्मल विकले स्याङ्जा चापाकोट नगरपालिका-६ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-८ सुख्खाटोल बस्ने देव बहादुर मल्ललाई आफूसँग बहुमूल्य ढुङ्गा छ भन्दै लोभ देखाई ५० हजार रुपैयाँ लिएर पत्नी गुमाको नाममा पर्वत जिल्लाको ठेगानामा पठाएको र उक्त ढुङ्गा नक्कली समेत भएको अनुसन्धानको क्रममा खुल्न आए पश्चात उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरु उपर ठगी सम्बन्धी मुद्धा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

(पितृपक्ष सन्दर्भमा मेरा जन्मपिता गणेशप्रसाद शर्मा तथा कर्मका मातापिता जयप्रसाद प्रसाई तथा भागीरथा प्रसाईका साथै सम्पूर्ण पितृहरूप्रति श्रद्धा समर्पण गर्दै

खड्क सुनार/न्युजकारखाना, मुगु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका- ८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गरेका छन् । बिहीबार जङ्गी अड्डामा आयोजित दुई दिने

काठमाण्डौ, न्युजकारखाना । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडाको आरोप लगाएका छन् । वाईसीएलको दोस्रो