इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूका छोराले हिन्दुहरुसँग माफी मागे, मीमका कारण भयो विवाद


इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूका छोरा ‘येर’ले एक मीम सामाजिक सञ्जालमार्फत् शेयर गरेका थिए जसका कारण हिन्दुहरु भड्किएका थिए । कसैको पनि धार्मिक आस्थामाथि आघात पुर्र्याउने कार्य कदापी राम्रो हुन सक्दैन । उनले देवी दुर्गाहरुसहितका केही विवादित तस्वीरसहितका मीम शेयर गरेकोमा आज माफी मागेका छन् ।

सामाजिक सञ्जालमा अत्यन्त सक्रिय २९ वर्षीय येरले शेयर गरेको त्यस मीममा देवी दुर्गाको मुहारमा इजरायली राजनीतिक तथा सामाजिक अभियन्ता ‘लियात बेन अरी’को अनुहार फोटोसप गरी थपिएको थियो । प्रधानमन्त्री नेतन्याहूका विरुद्ध भ्रष्टाचारको घटनामा ‘अरी अभियोजक हुन । सामाजिक सञ्जालमा गरीएको उक्त पोस्टमा ‘येर’ले जुन तस्वीर शेयर गरेका थिए, त्यसमा देवी दुर्गाको कैंयन हातहरुलाई अभद्र इशाराको स्वरुपमा समेत देखाइएको थियो ।

के छ ‘येर’ले मागेको माफीमा?
‘येर’ले ट्वीटमार्फत माफी मागेका छन् । ट्वीटमा लेखिएको छ, “मैले एक व्यङ्गात्मक पेजबाट ‘मीम’ शेयर गरेको थिएँ, जुन इजरायलको राजनीतिक चित्रको आलोचनाका लागि थियो । मलाई थाहा थिएन की यो तस्वीरसँग हिन्दूहरुको आस्थाको कुनै सम्बन्ध थियो । मैले जसरी केही भारतीय हिन्दु साथीहरुमार्फत यस सम्बन्धमा थाहा पाएँ त्यतीनै बेला मैले ट्वीट हटाइदिएँ । यसका लागि म माफी माग्दछु ।

सामाजिक सञ्जालमा भाइरल उनको ट्वीट अहिले उपलब्ध त छैन तर ‘येर’ले मागेको माफीलाई कतीले ‘साहसिक कदम’ भनेका छन् भने धेरैले उनको ‘गैर जिम्मेवार’ व्यवहार भन्दै आलोचना गरिरहेका छन् ।

केही साता अघि मात्र बेञ्जामिन नेतन्याहू कोरोनाभाइरस टेस्ट पोजेटिभ देखिएपछि आइसोलेट भएका थिए , गत साता उनको टेस्ट नेगेटिभ देखिएपछि आइसोलेशनबाट बाहिर निस्किएका हुन ।


Loading comments...