
के अमेरिकी राष्ट्रपति निर्वाचन सार्न चाहन्छन्? ट्वीट गर्दै हुलाकी मतको विश्वस्नियतामाथि उठाए प्रश्न
वाशिङ्गटन, १६ साउन २०७७ । संयुक्त अधिराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यही नोवेम्बरमा हुने भनिएको उनको दोश्रो कार्यकाल तय गर्ने राष्ट्रपति निर्वाचनको मिति पर सार्ने प्रस्ताव अघि सारेका छन् । विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरुले तत्काल यस प्रस्तावको आलोचना गरेका छन् । ट्रम्पले निर्वाचनको ९६ दिनअघि १५ साउनमा उनले ट्वीट गर्दै निर्वाचन मिति सार्न सकिने आकांक्षा सहितको प्रस्ताव पोष्ट गरेका थिए ।
के छ निर्वाचन मिति सार्ने आकांक्षा सहितको उक्त ट्वीटमा?
राष्ट्रपति निर्वाचनको समय दिनदिनै नजिकिरहेको बेला आएको उनको ट्वीटले अमेरिकी राजनीतिमा तरङ ल्याएको छ । बिहिबार पोष्ट गरिएको उनको ट्वीटमा लेखिएको छ, “सबैका लागि हुलाकी मतदान (न कि अनुपस्थितीमा हुलाकी मतदान, जुन वास्तवमैं राम्रो छ) इतिहासकै सबैभन्दा गलत तथा छलपूर्ण निर्वाचन हुनेछ । जुन अमेरीकीहरुका लागि अत्यन्तै लाजमर्दो कुरो हुनेछ । मानिसहरुले जब सहि तथा सुरक्षित तरिकाले मतदान गर्नसक्छन त्यसपछिमात्र मतदान गरियोस् ।”
With Universal Mail-In Voting (not Absentee Voting, which is good), 2020 will be the most INACCURATE & FRAUDULENT Election in history. It will be a great embarrassment to the USA. Delay the Election until people can properly, securely and safely vote???
— Donald J. Trump (@realDonaldTrump) July 30, 2020
व्हाइट हाउसमा दोश्रो कार्यकालका लागि अगाडि बढेका ट्रम्पका अनुसार हुलाकी मतदान (Mail-in Voting) का कारण निर्वाचनमा गडबडी हुनसक्छ । र यस कुराको उनी मुखरविरोधी झै देखिएका छन् ।
कोविड-१९ महामारीको यस विषम परिस्थितिकाबिच ठूलो संख्यामा अमेरिकी नागरिक मतदान केन्द्रसम्म पुगेर भोटिङका लागि पक्तिमा उभिंदा हुनसक्ने सम्भावित संक्रमणबाट बच्नका लागि हुलाकी मतदानको विकल्प अगाडी आएको हो ।
अमेरिकी राष्ट्रपतिको यस ट्वीटमा अनेक वर्गकातर्फबाट तत्कालै अनेकखाले प्रतिक्रियाहरु आएका छन् । डेमोक्रेटिक तथा रिपब्लिकन दुवै दलका सांसदहरुका अनुसार निर्वाचन पर धकेल्नु सम्भव छैन । प्रतिनिधि सभाका स्पीकर नेन्सी पेलोसीले ट्रम्पको उक्त ट्वीटमा आफ्नो प्रतिक्रिया पोष्ट गर्नुभएको छ, जसमा लेखिएको छ, ‘‘संविधानको अनुच्छेद २ को धारा १ ले भन्छ की काँग्रेस मतदाताहरुका लागि मत खसाल्ने दिन तय गर्न सकिन्छ र त्यो भोटिङ सम्पूर्ण अमरिकाभरी एकै प्रकृयाको/स्वरुपको हुनेछ ।’’
लोकप्रिय अमेरिकी टिभी च्यानल सीएनएनका अनुसार हुलाक मार्फत् हुने मतदानमा छलकपटको कुनै प्रमाण छैन । राष्ट्रपति ट्रम्पलाई निर्वाचन मिति तन्क्याउने कुनै अधिकार छैन र संविधानत काँग्रेसलाई मतदानको मिति तय गर्ने शक्ति प्रदान गर्दछ । अमेरिकी संविधानमा समेत २० जनवरी, २०२१ का दिन नयाँ राष्ट्रपतिको कार्यकाल प्रारम्भ गर्नबाट रोक्नसक्ने कुनै प्रावधान छैन ।
राष्ट्रपति ट्रम्पको प्रचार अभियान अनुसार ट्रम्पको उक्त ट्वीटलाई उनको तर्फबाट केवल एउटा प्रस्ताव अघि बढाइएको भनिएको छ । प्रचार प्रवक्ता होगन गिडली उल्लेख गर्दै सीएनएन लेख्छ, ‘‘डेमोक्रेट्सले सम्पूर्ण हुलाकी मतदानमाथि पुरै शक्ति लगाएर जुन अव्यवस्था फैलाएको छ, राष्ट्रपतिले केवल यस हुलाकी मतदान प्रकृयामाथि प्रश्न मात्र उठान गरेका हुन् ।’’ उनी अगाडी थप्छन्, ‘‘उनीहरु (विपक्षी) सबै नागरिकलाई हुलाकमार्फत् मतदान गराउने कोशिशका लागि कोरोनाभाइरसलाई हथियार बनाइरहेका छन् । यसको मतलब यो हो की सबै पञ्जीकृत मतदाताहरुलाई मतपत्र पठाउनु हो, उनीहरुले मतपत्र मागून या नमागून ।’’
ट्रम्पका सहयोगी सीनेटर लिण्ड्से ग्राहम भन्छन्, ‘‘मलाई लाग्दैन की यो राम्रो विचार हो ।’’ राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेद्दवार तथा पूर्व उप-राष्ट्रपति जो बाइडेनले यस अघि नै राष्ट्रपति ट्रम्पले निर्वाचन पर धकेल्नसक्ने कुरामा आशंका सार्वनजिक गरिसकेका थिए ।