नेकपा विवाद पछि के अब नेपाली काँग्रेसभित्र घमाशानको पालो हो?


सत्तारूढ दल नेपाल कम्‍युनिष्ट पार्टी पछि अब प्रमुख विपक्षी दल नेपाली काँग्रेसभित्र समेत घमासान मच्चिन थालेको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा तथा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तथा पार्टीका महामन्त्री शशांक कोइरालाले सभापति देउबालाई संयुक्त ज्ञापन-पत्र लेखेर असन्तुष्टि तथा नजिकै रहेको महाधिवेशनको विश्वस्नियतामाथि प्रश्न उठाएका छन् । उक्त पत्रमा लेखिएको छ, “भरोसा छैन की पार्टीको १४ औं राष्ट्रिय सम्मेलन स्वतन्त्र, मुक्त तथा निष्पक्ष तरिकाले होला ।”

पौडेल तथा कोइरालाले पार्टी सभापतिको कार्यालयमा पेश गरेको आफ्नो ज्ञापन-पत्र पेश गरेपछि संवाददाताहरुसँगको कुराकानीका क्रममा दुवै नेताले कोइरालाले गरेको ‘सक्रिय सदस्यता वितरण’मा असन्तुष्टि व्यक्त गरेका थिए । “पार्टिको सक्रिय सदस्यतालाई पारदर्शी तरिकाले वितरण गरियोस” दुवैको आशय थियो । साथै नेपाली काँग्रेसको गतिविधिहरुलाई पार्टीको विधानसम्मत तरिकाले गरियोस् । पत्रकारहरुसँगको कुराकानीको क्रममा नेताद्वयले अगाडी थपेका थिए, “सभापति देउबा समेत पार्टीको सबै निकाय नेपाली काँग्रेसको केयरटेकर पार्टी पदाधिकारी भइसकेका छन्, किनकी वर्तमान कार्यकाल गत मार्च मैं समाप्त भइसकेको छ ।”

पार्टीको नियम विपरित काम गरिरहेको आरोप
पौडेल तथा कोईरालाले पार्टीका केही नयाँ विभाग बनाइएकोमा विरोध जनाएका छन् । “पार्टीको नियमानुसार सभापतीले ५ महिना भित्र ति विभागहरुको गठन गर्नुपर्ने थियो, तर ति विभागहरुको गठन अहिले भइरहेका छन् जुनबेला वर्तमान नेतृत्वको कार्यकाल सक्किसकेको छ ।”

हालैमात्र सभापती देउबाको पहलमा पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालिन राजनीतिक शक्ति सूर्यबहादुर थापाका सुपुत्र तथा पूर्वमन्त्री सुनील थापा लगायत राप्रपाका रामकृण भट्टराई , विष्णु बिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत तथा इन्द्रबहनदुर तामाङ लगायतका राप्रपाजनले नेपाली काँग्रेसमा प्रवेश पाएका थिए ।

पार्टीका विभिन्न निकायका लागि पदाधिकारीहरुको हालै भएको नियुक्तिलाई लिएर दुवै नेताहरुको आरोप यो छ की, “सभापति देउबा पार्टीको विभागहरुको गठन यसकारण गर्दैछन् की राष्ट्रिय सम्मेलनमा परिणाम आफ्नो पक्षमा प्रभावित गर्न सकियोस् ।”

पौडेल तथा शशांक कोइरालाले यो पनि याद दिलाएका थिए की जब पूर्व अध्यक्ष सुशील कोइरालाले आफ्नो ४ वर्षको कार्यकालको तेस्रो वर्षमा नयाँ विभागको गठन गरेका थिए त्यसबेला ती यिनै देउबा थिए जसले उक्त कदमको विरोध गरेका थिए । अहिलेको अवस्थामा नयाँ विभागहरुको गठन विधान विपरित छ ।

यस अघि गत साता बुधबार सभापति देउबाले आफ्नो मातहत ४७९ सदस्यीय ‘वरिष्‍ठ राजनीतिक सभा’ बनाउने घोषणा गरेका थिए । जसको विरोध पौडेल गुटले गरेको थियो तर सभापति देउबाले सबै विरोधका स्वरहरुलाई सुनेर पनि नसुनेको झै गरिदिए ।


Loading comments...