
फ्याक्ट चेकः हावामा उड्दै आएर महिलासँग ठोक्किएका अटो ड्राइभरको भिडियोको वास्तविकता
१६ श्रावण २०७७, शुक्रबार २३:०९
भारत । दक्षिण भारतको बेंगलुरूमा सडक पेटीमा हिंडिरहेकी एक महिलालाई हावामा उड्दै आएर बेजोड टक्कर दिएको सिसिटिभी फूटेज सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । उक्त टक्कर पश्चात महिला रक्ताम्मे सडकमा ढलेकी थिइन् । घटना यति डरलाग्दो थियो की महिलाको टाउको र गर्दन गरी ५२ वटा सर्जिकल टाँका लागेको छ ।
उक्त भिडियोमा सुरुमा त मिश्रित प्रतिक्रियाहरु आएका थिए । जसमा अधिकांशले भिडियोसँग छेडछाड गरी भिज्वल इफेक्ट तथा एनिमेशनको सहायताले तयार पारिएको हो जस्ता कुराहरु आइरहेका थिए । हामीले यस भिडियोका सम्बन्धमा भारतको बेंगलुरूस्थित ‘Amrutha Orthopedic Centre’ मा कार्यरत नेपाली युवा फिजियोथेरापि डाक्टर प्रमोद कपारीसँग कुराकानी गर्यौं र साँझ प्राप्त जानकारी अनुसार भिडियो वास्तविक हो जसमा कुनैपनि किसिमको भिज्वल इफेक्ट अथवा एनिमेशनको प्रयोग गरिएको छैन । यस सम्बन्धमा बेंगलुरूका स्थानीय मेडियाहरुले समेत पुष्टि गरिसकेको कुरा जानकारी गराउनुभयो ।
पुरा भिडियो हेर्नुहोस्
के हो भिडियोको वास्तविकता?
सामाजिक सञ्जालमा भाइरल उक्त भिडियो सुरु-सुरुमा त कुनै जादू अथवा एनिमेटेड सिन झै लाग्छ तर यदि देब्रेपट्टिको स्क्रिनको खाली भागतर्फ हेर्नुभयो भने स्पष्ट देख्न सकिन्छ की त्यहाँ बिजुलीको पोलको एउटा तार झुण्डिरहेको छ । तार अटोको चक्कामा अल्झिएको रहेछ जसलाई अटो ड्राइभरले निकाल्ने कोशिस गर्न थाल्छन् । छेवैबाट तिब्र गतिमा आएको अर्को सवारीसँग त्यो तार अल्झिन्छ जसका कारण अचानक तार तन्किन थाल्छ र उक्ट अटो ड्राइभरको पेटको भागमा तार एक्कासी अल्झिएर तन्किंदा तार माथी गएसँगै ड्राइभर पनि तारसँगै झण्डै १०-२० फिटको उचाँई तथा ३०-४० फिटको दुरीसम्म हुत्तिएर सडकमा हिंडिरहेकी महिलाको शरिरसँग ठोक्किएर पछारिन्छन् ।
स्क्रिनसट अनुसार घटना स-विस्तारमा




महिलाको नाम सुनीता हो र उनी ४२ वर्षकी छिन् । उनको अनुसार यो घटना १६ जुलाई २०२० बिहान ११ः३४ बजे आसपासको हो । उनी बेंगलुरूको टीसी पाल्य जंक्शनको होटल अन्नपूर्णेश्वरी तर्फ जाँदैथिइन् । ‘मुम्बई मिरर’सँगको कुराकानीका क्रममा सुनिताले बताइन्, “यो सबै क्षणभरमैं भयो ।” उनी भन्छिन्, “कसैले मलाई बोलायो, म पल्टे पनि र देखें कि एकजना अटो ड्राइभर अञ्जनेया (भगवान हनुमान) झै उड्दै म भएतर्फ आउँदैछन् । त्यसपछि त उ मसँग ठोक्कियो र म पनि जमीनमा ढलें । मेरो गर्दनबाट रगत बग्नथाल्यो । म त्यहीं बसीराखें र सहयोगको प्रतिक्षा गर्न थालें ।”
संयोगले उनका श्रीमान कृष्णामुर्ती नजिकै काम गर्ने रैछन् । फोन आउने बित्तिकै उनी आएर श्रीमतीलाई अस्पताल लिएर गएका थिए जहाँ सुनितालाई ५२ वटा सर्जिकल टाँका लगाउनु पर्यो ।
जमीनमा तार झुण्डिएको कारण घटना घटेको सम्बन्धमा स्थानीय प्रहरीले सम्बन्धित टेलीकम कम्पनीका विरुद्ध मुद्दा दायर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा