सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण, समूदाय स्तरमा फैलिएको संक्रमण नियन्त्रण गर्न अपिल


वीरगञ्ज, १७ साउन २०७७ । समाजवादी पार्टी नेपालको तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (संघीय सांसद) प्रदीप यादव कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा कोरोना संक्रमण समूदाय स्तरमा पुगेपछि, अवस्थालाई नियन्त्रणमा लिन रचनात्मक पहल गराउनु संघीय सरकार प्रमुख सम्मानिय प्रधानमन्त्रीज्यू समक्ष हार्दिक अनुरोध सहितको फेसबुक स्ट्याटस पोष्ट गरेका छन् ।

आदरणीय दाजुभाइ दिदिबहिनी !

आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु ।

यसै क्रममा मैले आफ्नो PCR जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।


हिजैमात्र प्रधानमन्त्रीको नाममा “कोरोनाको कारण बढ्दो स्वास्थ्य समाधान” सन्दर्भमा पत्र लेखेका युवा नेता प्रदिप यादवले मध्यरात १२ बजे फेसबुकबाट आफूमा पनि संक्रमण देखिएको पुष्टि गरेका थिए ।

पत्रमा के लेखेका थिए सांसद यादवले?

सम्मानीय प्रधानमन्त्रीज्यु
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरबार काठमाडौं

विषय : कोरोनाको कारण बढ्दो स्वास्थ्य संकट समाधान सम्बन्धमा ।

सम्मानीय प्रधानमन्त्रीज्यू,
साउन महिना सुरु भएदेखि वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बिकराल बन्दै गएको छ। केही साताअघि यहाँ सक्रिय कोरोना संक्रमितको संख्या शन्य बन्न लागेको थियो । यसैविच सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि साचिक्कै कोरोना जितिएकैजस्तो हामी सबैलाई लागेको थियो । तर, सोंचेको जस्तो भएन २ हप्ता नबित्दै वीरगञ्ज क्षेत्रको अवस्था बिकराल बन्न लागेको छ । यसविचमा अहिलेसम्म १० जनाको यहाँ मृत्यु भइसकेको छ । यसमध्ये तीन जना बिहीवार राति मात्र ज्यान गुमाएका हुन ।

संक्रमितहरुमा लक्षणसहितका विरामीको संख्या धेरै भएकोले उनीहरुको लागि भेंटिलेटर र अक्सिजनको अभाव भएको छ। त्यतै अस्पतालमा सैया अभाब भएर संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् । संक्रमण भारी संख्यामा दिनप्रतिदिन थपिदै गएको छ । समुदायस्तरमा मानिसहरुको स्यावब नमुना संकलन गरेर परिक्षण गर्ने दायरा बढाइएपछि ‘नयाँ निस्किने संक्रमितहरुको व्यवस्थापन कसरी गर्ने ?,’ भन्ने सवाल सिर्जना भएको छ । वीरगञ्जमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएको र यहाँको एक मात्र ५० सैयाको नारायणी अस्थायि कोभिड अस्पतालमा ठाउँ भरिएर थप संख्यामा संक्रमित थप्ने अब ठाउँ छैन । वीरगञ्जमा चिकित्सा क्षेत्रबाट ३० भन्दा बढी संक्रमित भएका कारण यहाँका डाक्टर र स्वास्थ्यकर्मीहरुको मनोवलम गिरावट आएको छ।

वीरगञ्जको अर्को एउटा एक सय सैयाको निजी अस्पताललाई कोरोना अस्पताल बनाउने प्रक्रिया सुरु भए पनि त्यसले पनि समस्या समाधान नहने देखिन्छ । किनकी यि दई अस्पताल गरेर हामीसंग यहाँ डेढ सय सैया मात्र हुने भएको छ । जबकी अहिले नै एक्टिभ संक्रमितको संख्या सावा २ सयभन्दा नाघि सकेको छ । र, थपिने क्रम जारी छ । वीरगञ्ज कारागारभित्र संक्रमण फैलिसकेको सूचना प्राप्त भएको छ । अवस्था काबु भन्दा बाहिर गएको छ । सम्मानीय प्रधानमन्त्रीज्युबाट यसमा सक्रिय पहल नभएसम्म अवस्था झन झन काभन्दा बाहिर निस्किदै जाने देखिन्छ । समाधानस्वरुरप निम्न कुराहरु यहाँ अबिलम्ब आवश्यक रहेको भन्दै सम्मानीय प्रधानमन्त्रीज्युको धानकर्ष गराउन चाहन्छ ।

निम्नः
– पर्सा, बारा र रौतहटसम्मका विरामीहरुको चाप रहेको वीरगञ्जमा अबिलम्ब कम्तिमा ५ सय सैयाको अर्को कोभिड अस्पताल तयार गरियोस । यसको लागि नेशनल मेडिकल कलेज सबभन्दा उपयुक्त हुने देखिन्छ ।
– वीरगञ्जमा केन्द्रबाट विज्ञसहितको टोली पठाएर स्थितीलाई नियन्त्रण गर्न जरुरी छ ।
– भारतमा उच्च संक्रमण दर रहेको बिहार प्रान्तसंग जोडिएको सिमामा आवतजावतमा कडाई गर्दै अनियन्त्रित प्रवेशलाई शुन्य पान आवश्यक छ ।
– वीरगञ्जसहित पर्सा जिल्लामा समूदायस्तरमा कोरोनाको ‘टेस्टिङ्ग बढाउन पर्याप्त साधनस्रोत र स्वास्थ्यकर्मी लगायत जनशक्तिको व्यवस्था गरी परिचालित गरियोस ।

पत्रको वास्तविक प्रति


Loading comments...