अमेरिकी राष्ट्रपति ट्रम्पले २४ घण्टाभित्र Tik-Tok बन्द गर्नसक्ने, प्रविधिमार्फत् चीनमाथी अमेरिकाको ठूलो एक्शन


अमेरिका, १७ साउन २०७७ । चीनसँगको सम्बन्धमा बढ्दो तनाव तथा चीनविरुद्धको जासूसीको आरोपकाबीच अमेरिकाले एउटा ठूलो कदमको फैसला गरेका छन् । भारतले लिएको निर्णयको अनुशरण गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको विडियो शेयरिङ मोबाइल एप्लिकेशन टिक-टकलाई (Tik-Tok) अमेरिकामा २४ घण्टा भित्र बन्द गर्ने निर्णय लिएका छन् ।

२५ सदस्यीय अमेरिकी काँग्रेसको टोलीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यस विषयमा एक्शन लिन तथा अमेरिकी नागरिकको व्यक्तिगत जानकारी जस्तो महत्वपूर्ण डेटालाई सुरक्षित गर्नका लागि ठोस कदम उठाउन आग्रह गरेको थियो । टोलीको निश्कर्ष थियो की “टिक-टकको डेटाले चिनीयाँ कम्युनिष्ट पार्टी अझ अडभान्स (परिस्कृत) हुनेछन् ।”

यसका लागि चाँडै कार्यकारी निर्देश जारी गर्ने तयारी समेत शुरु भएको छ । त्यस्तै अर्को खबर पनि छ की अमेरिकी अग्रणी टेक कम्पनी माइक्रोसफ्ट (Microsoft) ले टिक-टकको अमेरिकी अप्रेशन खरिद गर्न सक्छ ।

शनिवार नै जारी हुन सक्छ कार्यकारी निर्देश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका सम्बन्धमा AF1 अनुसार टिक-टकलाई अमेरिकामा बन्द गरिने छ र हुनसक्छ की शनिबार नै यस विषयमा कारवाही पनि अघि बढिसक्ने छ । यस अघि राष्ट्रपति ट्रम्पदे भनेका थिए, “हामी अझै केही गतिविधि गर्नसक्छौं । कैंयन विकल्पहरु छन्, अहिले धेरै कुराहरु अहिले भइरहेका छन् त्यसकारण हामी हेर्दैछौं अरु के हुन सक्छ! हामी टिक-टकका विषयमा केही विकल्पहरु हेरी रहेका छौं ।”

माइक्रोसफ्टले टिक-टकको अमेरिकी अप्रेशन खरिद गर्न सक्ने

अहिले टेक बजारमा चर्चित टेक कम्पनी माइक्रोसफ्टले टिक-टकको अमेरिकी अप्रेशन खरीद योजनाको चर्चा चुलिएको छ । ‘द वाल स्ट्रीट जर्नल’द्वारा शुक्रवार जारी एक रिपोर्टलाई मान्ने हो भने माइक्रोसफ्टले टिक-टकको अमेरिकी अप्रेशन खरिद गर्ने विषयतर्फ कुराकानी अघि बढाएको छ, र सोमबारभित्र यो अर्बौं डलरको डिल हुनसक्ने सम्भावना देखाएकाो छ । यसका लागि टिक-टकको प्यारेन्ट कम्पनी बाइटडान्स, माइक्रोसफ्ट तथा वाइट हाउसका प्रतिनिधिबीच छलफलको समेत सम्भावतातर्फत रिपोर्टले इंगीत गरेको छ । तर, जरुरी छैन की डिल पक्का हुने नै छ । मिडिया रिपोर्टहरुका अनुसार राष्ट्रपति ट्रम्प चाहदैनन की यस्तो कुनै डिल टिक-टकसँग होस् ।

चिनीयाँ एप्लिकेशनका विरुद्ध भारतको एक्शन जारी

यता भारतले चीनको थप ४७ वटा मोबाइल एप्लिकेशन बन्द गरेसँगै भारतमा मात्र १०६ वटा चिनीयाँ मोबाइल एप्लिकेशन बन्द भएका छन् । यस अघि पहिलो चरणमा विश्वमैं सर्वाधिक प्रयोगकर्ता रहेको टिक-टक लगायतका मोबाइल एप्लिकेशन सहित ५९ वटा एप्लिकेशन बन्द गरेको थियो । पछिल्लो पटक बन्द गरिएका एप्लिकेशनहरुमा अधिकांश क्लोनिङ एप्लिकेशनहरु रहेका छन् ।


Loading comments...