
सिरियाली राष्ट्रपति आसादका छोरालाई अमेरिकामा प्रतिबन्ध
अमेरिका, १७ साउन २०७७ । सिरियाली राष्ट्रपती बसर अल आसादका छोरा हफिज अल आसादको उमेर १८ वर्षको भयो । सिरियाका पूर्व राष्ट्रपति हजुरबुवाको नामबाट यिनको नाम राखिएको हो । बुधवार अमेरिकाले हफिजलाई अमेरिकामा कुनै सम्पती खरिद गर्न र स्वामित्व राख्न नपाउने लगायत अन्य कुराहरुमा पनि प्रतिबन्ध लगाएको हो ।
अमेरिकाको ‘सिजर एक्ट’ अन्तर्गत ८ वर्ष देखि द्वन्द्वमा चुर्लुम्म डुबेको सिरियाको डामाडोल अवस्थामा बलियो हुँदै गएको आसादको शाषन विरुद्धमा कडा निर्णय लिदैं आएको छ । अमेरिकी सरकारका सचीव माइक पोमाीयो ले सिरियामा अमनचैनका खातिर अमेरिकाले यि निर्णय लिएको, लिँदै आएको र सिरियाको द्वन्द्वमा मारिएका पीडितहरुको सम्झना अमेरिकाले सदैव गर्ने पनि बताएका हुन् ।
Today we continue our campaign of sanctions designed to force Bashar al-Assad and his regime to cease their brutal war against the Syrian people and implement the political solution called for by UNSCR 2254. This is the only credible path to the peace the Syrian people deserve.
— Secretary Pompeo (@SecPompeo) July 29, 2020
उनका अनुसार आसादले जारी राखेको औचित्यहिन युद्ध र हिंसाहरुको अन्त्य हुन जरुरी छ । अमेरिकाको यस निर्णयले सिरियाको राजधानी दामास्कसमा अमेरिका केन्द्रित लगानीमा मुख्य ब्यापारी रहेका वासम अनवरको लगानीहरुलाई पनि अनिर्णित पारिदिएको छ । सिरियाको पुनरनिर्माणमा लगानी गरेका देशहरु अनि कम्पनीका लगानीहरुलाई पनि अमेरिकाको यस निर्णयले तनाव सृजना गरेको छ, यसका साथै आसादको मुख्य सहयोगी राष्ट्र रुसको सिरियामा औचित्यमाथि पनि अमेरिकी निर्णयले प्रश्न उठाएको छ । हफिज त केवल उदहारण मात्र भएको तर अमेरिका र आसादको बढ्दो दूरी र रुसको सिरियामा औचत्यका बारेमा यस निर्णयले ठूलो हलचल ल्याएको भने पक्का छ ।
यद्धपी सिरियामा भएका रुसी लगानीका बिषयमा अमेरिकी पक्ष मौन पाइएको छ, अमेरिकाले सिरियाका नेता, परिवार अनि ब्यापारीहरुलाई भने कडाईका साथ हेर्न थालेको छ ।
आसाद र उनकी श्रीमती आस्माका बिरुद्धमा अमेरिकाले पहिल्यै नै प्रतिबन्ध जारी गरिसकेको थियो । हफिज गणित बिषयको रुची र गणितका अन्तराष्ट्रिय प्रतियोगीताहरुमा ब्राजिल र रोमानियामा पाएका उपलव्धीहरुका कारण प्रसिद्ध छन्, उनी अझै नाबालक छन् । हफिजउपरको यो अमेरिकी प्रतिबन्धले सिरिया र अमेरिकाको बढ्दो दुरी स्पष्ट पार्छ साथै संयुक्त राज्य अमेरीकाले अन्तर्राष्ट्रिय आतंकवादका विरुद्ध आफ्नो नीतिमा कुनैपनि किसिमको छुट दिनेछैन भन्ने कुरा स्पष्ट पार्छ ।