स्रोत नखुलेको साढे १४ लाख रकमसहित प्रशासकिय अधिकृत अख्तियारको फन्दामा


काठमाण्डौ, १७ साउन २०७७ ।  जिल्ला दाङ, तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम १४ लाख ४८ हजार ७९६ रुपैयाँसहित नियन्त्रणमा ।

जिल्ला दाङ, तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिगएको टोलीले निज प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय चढेको सरकारी गाडी बा.२ झ.४०९९ नम्बरलाई चन्द्रागिरी नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौंमा रोकी चेकजाँच गर्दा निजको साथबाट नगद १ लाख २४ हजार ७५० रुपैयाँ तथा फिक्स्ड डिपोजिट तथा बैंक डिपोजिट १३ लाख २४ हजार ४६ रुपैयाँको रसिदहरू गरि कुलजम्मा रू. १४,४८,७९६/- (चौध लाख अडचालिस हजार सात सय छयान्नब्बे) बराबरको रकम सहित काठमाण्डौको नागढुङाबाट मिति २०७७ साउन १६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...